Wednesday, January 21, 2009

गजल : ठुटो मनमा

अझै पलाएन विश्वासको बुटो मनमा ।
सपना जलेर हेर बाँकी ठुटो मनमा ।

बहाना जे सुकै होस तर खाल्डो नै पार्ने ,
झनै चलिरहेछ निठुरी कुटो मनमा ।

कति छल्नु कति ढाँटेर हिड्नु आफैंलाई ,
आश्वासन कति दि'रहनु झुटो मनमा ।

रहर कठै ! बिना जाँतो पिसिईरहयो ,
हरेक घानमा भेटिरहेँ ढुटो मनमा ।

न देख्यो कसैले मेघ न वर्षा म भित्रको ,
रुझाउँदै मनकै झरीले चु'टो मनमा ।

7 comments:

Prabesh said...

अलि कस्तो कस्तो लाग्यो दीपक दाइ मलाई गजल । जबर्जस्ती मिलाउन खोजेको जस्तो !! फेरि पढ्दा चैँ ठिकै हो जस्तो लाग्यो । खै कस्तो कस्तो भएछ हौ दाइ !!!!!

Yumesh Pulami said...

"न देख्यो कसैले मेघ न वर्षा म भित्रको
रुझाउँदै मनकै झरीले चु'टो मनमा । "
dipak ji ...maile, tapaai bhitrako ..shabd haru ko मेघ r वर्षा chaahi yo blog maarphat herekai ho .....thikai6 hai.

Anonymous said...

" न देख्यो कसैले मेघ न बर्षा म भित्रको
रुझाउदै मनकै झरिले च्' टो मनमा ----"
म त रोए दिपक जि !!!
रुबाउन सफल हुनु भो मलाई ----

Basanta said...

राम्रो छ! भावसंयोजन गज्जबले जमेको छ तर गेयात्मकता अलि कम हो कि? हुनत गाउने हिसाबले लेखिएको गजल पनि होइन होला यो।

Unknown said...

HO deepak jee, maancheh euta rahara ko daasi banera hajaarau kuineutaa harumaa thakkar khanu parchha, tapai ko bhaawanaa saachhikai mero man chhuyo. dhanyabaad. feri feri pani korna nabhullnu hola.

Unknown said...

पहिले सबैलाई धन्यवाद ! उजेलीजी , त्यस्तै छ कि , कस्तो कस्तो लाग्ने क्यार यो गजल तर वसन्तजी मैले यहि गजलको चैं गाउने लय पनि बनाएको छु हौ , गाउनेकै फेला पर्यो भने गाउन त मिल्छ होला । बेदनाथजी पक्कै हो शब्द मार्फत देख्नुभएको म भित्रको मेघ र वर्षा तर यसो भन्ने कुरो नि अनि लुनाजी रुवाउन त लेखेको होइन थिएँ है मैले , अन्जानमै पाप गरिन्छ भनेको यस्तै हो कि के हो ? रुवाएछु पो । बि जे दुम्लालीजी , पहिले त स्वागतम तपाईंलाई , मान्छे ठक्कर खानैलाई सबैभन्दा माथी टाउको लिएर आएको होला सायद ।

डीआर न्यौपाने'सूर्य' said...

बहाना जे सुकै होस तर खाल्डो नै पार्ने ,
झनै चलिरहेछ निठुरी कुटो मनमा ।

दीपक् जि मलाई यो शेर् अति नै मन पर्यो। भावनाको स्वछन्द रस पस्कनु भएको पाए।