Saturday, December 27, 2008

गीत : तिमीलाई हँसाएको पल

तिमीलाई हँसाएको पल
तिमी सँगै हाँसेको पल
कसरी बिर्षिदियौ
सँगै हामी बाँचेको पल ।


प्रेमको धूनी बालेर रातै तताई
मायाका मिठा मिठा कुरा बताई
कयौं रात अँगालोमा कसेर बिताई
झुल्के घाम लजाउथ्यो हाम्रो सामु आई
तिमीलाई हँसाएको पल ।


कसरी बाढि पसेर माया बगायो
समयले हामी माझ पर्खाल लगायो
बाढि हुल्न पर्खाल हाल्न कसले सघायो
कस्तो भूलले भन आज यो दिन आयो
तिमीलाई हँसाएको पल ।

7 comments:

Yumesh Pulami said...

maya le hasayeko ra aaphule mayaa laai hasayeko pal haru t saharai mitho hun6 ni Dipak gi !
tar..
कसरी बाढि पसेर माया बगायो
समयले हामी माझ पर्खाल लगायो
बाढि हुल्न पर्खाल हाल्न कसले सघायो
.....................
maayale chhaler hasayeko pal haru bhane naramailo t abasy hu6...ni.

डीआर न्यौपाने'सूर्य' said...

निकै रमाइलो जिन्दगिमा कसले हुले होला है त्यो बाढि जडित जि? मिठो... उनिसंगै हासेको पल रुपि गीत् ।

Anonymous said...

माथिका पहिलो चार हरफ र दोस्रो पा च् हरफ का गीत को भाब ले मन छोयो ।
अन्तिमको तेस्रो हरफ " बा ढि हुल्न पर्खाल हाल्न कस्ले सघायो --" यो मैले बुझिन दिपक जि । पर्खाल हाले पछी त बा ढि हुलिदैन नि छेकिन्छ बरु पर्खाल भात्काए पछी बा ढि हुलिन्छ ( आउछ ) होइन र ? ° % °
दिपक जि ! माफ गर्नुस् है , मैले नबुझेर सोध्न पुगे ।

Prabesh said...

मलाई पनि लुनाजीले भनेको कुरा ठिकै लाग्यो । मैले पनि पो बुझिनँ कि दीपक दाइ !!

Unknown said...

सिकारुजी , लुनाजी र उजेलीजी सबैलाई हार्दिक धन्यवाद मिठो प्रतिक्रियाको लागी ।

लुनाजी र उजेलीजी तपाईंहरुले नबुझ्नुभएको कुरा ठ्याक्कै एउटा समयमा भएको हो अथवा एकैचोटी भएको हो भन्ने बुझाउन समय उल्लेख छैन अर्कोकुरा जे भनिएको छ खुत्रुक्कै त्यही भएको नभएर त्यस्तै त्यस्तै बुझ्न सकिने यावत कुराहरु भएका हुन् या भएका थिए भन्ने जनाउन त्यसरी लेखेको हुँ । मैले लेखेको हुनाले बुझेको छु पक्कै तर त्यसलाई कसरी बुझाउने भन्ने चैं सायदै थाहा छैन ।

Unknown said...

बेदनाथजी माथी छुट्नुभएछ , यो माथीकै हारको
धन्यवाद तपाईंलाई पनि ।

रमा said...

'तिमीलाई हँसाएको पल '
साच्चै मनपर्यो यो शिर्षक। धन्यवाद दिपकजी ! जति पढ्दै जान्छु त्यती भिज्दै पनि -- मन छुने गर्छन सबै शब्दहरुले!