फुक्न थाल्यो समयले शँख एकोहोरो फेरी ।
कति बार्नु भत्काउनु ढिकुरो र कोरो फेरी ।
जेठो मर्यो माइलो अझै बेपत्तै छ , आमा रुन्छिन् ,
लड्न अझै बाँकी नै छ भन्छ कान्छो छोरो फेरी ।
नङमासु भई सँधै साथै हिँड्ने बाचा नाघी ,
छिनाएछन् बल्ल जोड्या सम्बन्धको डोरो फेरी ।
राखीहेर निधार् मा हात् आमा अझै थलिँदैछिन् ,
तङ्ग्रेलिन् कि भन्दा उल्टै फर्क्यो निश्लोट् ज्वोरो फेरी ।
रात ढलिसके पछि रातै पर्ने चलन् हो कि ,
खै त कहाँ आयो कालो गए पनि गोरो फेरी ।
6 comments:
Ekohoro shankh ko ...matlab kasaiko anty ko ho jasto laag6 ...
जेठो मर्यो माइलो अझै बेपत्तै छ , आमा रुन्छिन् ,
लड्न अझै बाँकी नै छ भन्छ कान्छो छोरो फेरी ।
....kati sahaj le desh ko byathaa bolnu bhaeko 6.
...tapaiko gajal lekhan pani gajab nai 6 hai jadit ji. malaai t saharai ramro laag6.
वाह! वाह!! गज्जब छ! एकदम सटीक वाण हान्नुभएको छ वर्तमान समय र इतिहासका 'ठेकेदार'हरुलाई!
यो अन्तहीन रातको श्रृंखलानै हामी नेपालीको बिडम्बना हो।
सटिक !
रात ढलिसके पछि रातै पर्ने चलन् हो कि ,
खै त कहाँ आयो कालो गए पनि गोरो फेरी ।
यो लाइन चैँ एकदमै मनपर्यो दीपक दाइ !!!!
गजल त साह्रै छुने खालको छ ।
दीपक जी
साह्रै सटिक र ठेट शब्दहरुको
प्रयोगले तपाईं को गजल हिमचुली
भन्दा पनि माथि उठाउनु भएकोछ।
क्या मिठोछ दीपक जी पुन बधाईछ।
बेदनाथजी , वसन्तजी , लुनाजी , उजेलीजी र बिमलजी यहाँहरु सबैलाई धन्यवाद !
Post a Comment