Thursday, December 11, 2008

गजल : अक्मकायो बरा !

बोल्दाबोल्दै बिचैमा त्यो अक्मकायो बरा !
सम्झी सम्झी बोल्दा पनि भक्भकायो बरा !

खान्तलासी लिन थाले केर्नेहरु मिली ,
निर्दोष छु भन्दै खल्ती टक्टकायो बरा !

नाङ्गेझार पारी छाडे दोषि तैं होस् भने ,
लुग्लुग् काम्दै जाडोले उ ठक्ठकायो बरा !

लाठी मुङ्ग्री मात्रै कहाँ बन्दुकै सोझ्याए ,
आँखै सामु मृत्यु देखि सक्पकायो बरा !

जबर्जस्ती दोषि भनि समातेर लगे ,
कस्तो कानुन् यो ? भनेर थक्थकायो बरा !

5 comments:

Anonymous said...

nice
धेरै राम्रो ।

बिमल गिरी said...

deepak jee,
sarai man paryo kya damichha.

Dilip Acharya said...

गजलमा ठेट नेपाली शब्दहरुको बेजोड प्रयोग गर्नुहुन्छ तपाई ।

सायद सामान्य नेपाली जनताकै टिठ लाग्दो अबस्थाको बयान गर्नु भएको होला, मन छुने छ।

मक्तासम्म आईपुग्दा निमुखाको बेहाल हुने समाजको सजिव चित्रण देखीन्छ ।

Yumesh Pulami said...

abat gajalko jhari nai laagn thaale jsto6 ........ramro barsat pareko 6.

Anonymous said...

माथि दिलिप जि ले भन्नु भए झै हा म्रै नेपाली जनता को टिठ लाग्ने अवस्थाको चित्रण गरेको छ तपाईंको गजल ले ।
हिर्दय छोयो ।