Saturday, December 06, 2008

गजल : घेर्नु अरे

तिन्ले नै सबैलाई घेर्नु अरे ।
र सबैले त्यतिकै टेर्नु अरे ।

छिस्रिक्क गर्न नि नहुने प'त ,
र्‍याख् र्‍याख्ती बनाउंदै केर्नु अरे ।

अलग्गै विचार राख्न नहुने
तिनेर'कै झैं गरी फेर्नु अरे ।

आँखामा पट्टी नै बाँध्नु कि के हो ?
अरुले संसारै नहेर्नु अरे ।

लैनो हो रे तिन्को चैं विचार
अरुको विचार बकेर्नु अरे ।

हुलमा तिन्कै मिसिएन भने ,
आफैंलाई आफैंले सेर्नु अरे ।

सुन्यौ त ? तिन्का अगाडी सबले ,
तिनेर'कै डरले छेर्नु अरे ।

8 comments:

Aakar said...

कुरा सहि हो । तर यो यस्तो उस्तो भन्ने थाहा हुँदा हुँदै पनि करैले मार्नुपर्ने अवस्था छ ।

सहि दनक दिनुभएको छ, दिपक दाइ !

Dilip Acharya said...

आँखामा पट्टी नै बाँध्नु कि के हो ?
अरुले संसारै नहेर्नु अरे ।

लैनो हो रे तिन्को चैं विचार
अरुको विचार बकेर्नु अरे ।


गजव गए यि शेरहरु!! वाह!!
त्वरित शैलिको 'कडा' गजल ।

Prabesh said...

को र'छन् हौ दीपक दाइ त्यस्ता दुष्टहरू ? मार्नैपर्ने रै'छ तिनिहरूलाई त !!!!

बिमल गिरी said...

दीपक जी,
लैनो र बकेर्नु
केर्नु र सेर्नु जस्ता सरल
शब्द माधुर्यबाट आफ्ना भावनालाई
प्रबाह गरी जनमानसमा पुराउनु
भएकोमा बधाईछ। यहाँको बिचार
बिशाल झरनाझै बगिरहोस्। शुभकामना।

Unknown said...

आकारजी , साँच्चै भन्या कवितामा आक्रोस लेख्नु भन्दा पर केहि नै गर्न नसकिने , चुपचाप मान्नै पर्ने ।

उजेली , तिनिहरु तिनै क्या त जो आफ्नो बाहेक अरुको अस्तित्व नै देख्दैनन् ।

धन्यवाद न्यानो शुभकामनाको लागी बिमलजी , दिलीपजीलाई पनि हार्दिक धन्यवाद।

Anonymous said...

दिपक जि !
कती मज्जा आयो तपाईंको यो कबिता पढेर ।
हाम्रा ब रि प रि त्यस्ता बिचार भएका मान्छे हरु ( जो आफू लाई अरु भन्दा निकै छुट्टै सम्झ्न्छन तर अरु कै कारण ले ति उदाएको हसिया झै भएका छन ) को कमी छैन ।

Yumesh Pulami said...

शब्दहरु सरल र सहज छन- यथार्थ परक छन तपाइका भावनाहरू । तर अलिक टाइटल चाहि बिचार गरेर राख्नु भएको भए हुन्थियो की जस्तो लाग्यो ।

यो त झन रमाइलो नै छ ।

Unknown said...

धन्यवाद लुनाजी , आभारी छु तपाईंको नियमित प्रतिक्रियाको लागी ।

बेदनाथजी म सबैजसो गजलमा शिर्षक दिँदा गजलको पहिलो या दोश्रो शेरको काफिया र रदिफ नै प्रयोग गर्नेगर्छु त्यसैले यो पनि त्यस्तै हुन गयो । अलि विचार गरेर टाईटल राख्ने भन्नुभएको चैं खासमा बुझिन है । हार्दिक धन्यवाद प्रतिक्रियाको लागी ।