Friday, November 21, 2008

त्यसै बित्दैछ दिनहरु

निक्कैदिन भयो म यौटा कथामा अल्मलीइरहेको छु । लेख्नलाई कथाको पुरै प्लट तयार छ र पनि लेखेर सिध्याउन सकेको छैन । केहि अगाडी लेखेको 'चार सौ बीस उत्सव' झैं शैलीमा लेख्ने विचार छ - हेरौं यो विचारले मुर्त रुप कहिले पाउने हो ? गर्छु भनेर हुने कुरा हैन लेखाई मेरो निंती । कैले मूड आउँदैन त कैले समय पाईंदैन । खै यस्तै अल्झोमा छु आजभोली । खै के साह्रो ब्यस्त भईयो यो जिन्दगीमा ? ठोस केहि गर्न नि सकिँदैन खित्रिङमित्रिङ गर्नलाई पनि समय जुटाउन सकिँदैन । समय त्यसै बितिरहेको छ । बिना कुनै उपलब्धि ।

आज काम सकेर घर आएर नेपाल , ईन्डिया फोन गर्नलाई फोन कार्ड किन्न अमन टेल डट कम खोलेँ र केहि फोन कार्ड किनेँ । सँधै फोन कार्ड किनेपछि तुरुन्तै फोन गर्न ब्यस्त हुन्थेँ म । आज फोन कार्ड किनेर ईन्डिया फोन लगाएँ ( म सबै भन्दा धेरै फोन ईन्डिया नै गर्छु किनभने मेरी छोरी ईन्डियामै छिन् - पश्चिम बँगालको सिलिगुरीमा ) लाग्दै लागेन । दिमागमा किन फोन लागेन भनेर कुरा खेल्दै थियो त हात कम्प्युटरमा त्यसै जतासुकै क्लिक गर्न ब्यस्त । अर्कोतिर कम्प्युटर मै म खसखस डटकममा नेपाल भाषाका जन कवि दुर्गालाल श्रेष्टसँग बासुदाइ ( बासु श्रेष्ट - म बासु दाइ भन्छु ) ले राख्नु भएको खसखस पनि सुन्दैथिएँ । आज दिउँसै दाइले दुर्गालालको अन्तर्वार्ता ल्याएको छु भनेर सुनाउनुभएको थियो । त्यसैले पनि आज रातीको मेरो मुख्य काम त्यही सुन्नु थियो ।

जथाभावी क्लिक गर्ने क्रममा मेरो हातले अमन टेलको होम पेजमा पुर्यायो मलाई । त्याँहा मैले भारत , श्रीलँका , बँगलादेश , पाकिस्तानका राष्ट्रिय झण्डाहरु अगाडीनै राखेको देखेँ । त्याँहा सबैको झण्डा छ उनिहरु सँगै छुट्टै भौगलिक अस्तित्व राखेर उभिएको हाम्रो नेपालको झण्डा छैन । मलाई साह्रै नमिठो लाग्यो । पहिले मैले यो कुरा याद नै गरेको थिइनँ सायद तर आज अमन टेलको 'कन्ट्याक अस' भन्नेमा गएर आफ्नो रिस पोख्दै यौटा ईमेल लेखेँ ।

झण्डै ४ वर्ष देखि म अमन टेलको ग्राहक भएको छु र यहाँबाट फोन कार्ड किनेर नेपाल फोन गर्ने गरेको छु , मेरा धेरै साथीहरु पनि अमनटेलका ग्राहक छन । मैले आज अमन टेलको होमपेजमा भारत , श्रीलँका , बँगलादेश र पाकिस्तानका झण्डाहरु देखेँ तर नेपालको देखिनँ ? नेपालको झण्डा नराखिनुको कारण के होला ? नेपाललाई हेपेको हो कि ? नेपालको महत्व नै नदेखेको हो ? नेपाल फोन गर्नलाई यहाँ फोन कार्ड किन्ने धेरै म जस्तै ग्राहकहरु होलान तपाईंहरुलाई म जस्तै ग्राहक माथी अन्याय गरेका छौं भन्ने लागेको छैन ?

यस्तै लेखेँ । किन किन मनभित्रै नमिठो लागेको थियो त्याँहा हाम्रो झण्डा नदेख्दा । त्यती लेखेर केहिबेर यताउति गरेपछि फेरी म जीमेल खोल्न पुगेँ र नयाँ ईमेल देखेँ (जम्मा ४२ मिनेटमै रेस्पोन्स गर्ने अमनटेलको कस्टमर सर्भिस देख्दा पनि खुशी लाग्यो ।)त्याँहा लेखिएको छ -

info@amantel.com to me
show details 11:52 PM (42 minutes ago) Reply


Hello,
We have gone through your mail and we will surely put the NEPAL
FLAG on home page.
C.S.

यति देख्दा पनि मन अलिकति खुसी भएको छ आज । हेरौ अब पक्कै राख्छन त होला नि उनिहरुले त्याँहा नेपालको झण्डा , मेरो देशको मेरो प्राण भन्दा प्यारो झण्डा ।

हामी नेपालीहरु भने साधारण स्कुलकै मात्र शिक्षा पुरा गरेका छौं भने पनि विश्वका एक एक मुलुकका नाम र कहाँ अवस्थित छ भनेर जान्ने बुझ्ने भएका हुन्छौ तर बाँकी दुनियाँ हामी प्रति किन यसरी बेखबर भएको हो ? अरु त अरु भारतकै मान्छेहरु पनि नेपाल कहाँ छ ? भनेर सोध्छन् कति त नेपाल भन्ने देश पनि छ भनेर त मैले आजै सुनेको भन्छन् । त्यस्ता मान्छेहरु देख्दा साह्रै रिस उठ्छ मलाई तर के गर्नु र हगी रिसाएर ? आँखिर मैले नै मेरो देशलाई विश्व सामु चिनाउन नसकेर त हो नि त्यसो भएको । ठुलो काम गर्न त म समर्थ छैन त्यसैले सानै काम गरेर मेरो देशको झण्डा त्याँहा लगाउ भनेको नि ।

तपाईंलाई कस्तो लाग्यो कुन्नि मेरो कुरा ?

13 comments:

कैलाश said...

अहो दीपकजी तपाईले सानो भनेपनि जे भनेपनि काम चाहि ठुलै गर्नुभाको हो है। आफ्नो पहिचान भनेको त मुख्य कुरा हो नि हैन र? अब हामी नेपालीले ठाउँ र सन्दर्भ अनुसारको पहिचान खोज्नु अनि त्यसको सुनुवाई गराउन सक्नु ठूलै कुरा हो। अनि भारतीयले नेपाल भन्ने कहाँ छ या आजै सुनेको भन्यो भन्ने सुन्दा चाहि अलिक कस्तो लाग्यो मलाई। त्यसमा नेपालीहरुकै मात्रै मतलब तपाई हामीले चिनाउन नसक्नु आफ्नो ठाउमा छ । तर उनीहरुले नेग्लेट गरेर पनि यस्तो भएको हो।

Yumesh Pulami said...

Dipak g ma pani dherai card haru use gar6u Nepal call garn
...tar http://www.amantel.com/ chaahi thaha thien tar maile pani amantel.com here tyha nepalko flag t dekhin tar tapailai aaeko reply dhekhda t dherai khusi laagyo.

Tapaiko saano paryasle thulai kam hune jasto lagyo. Ani aaphno deshko laagi bolnu bhaeko ma dhanyabad. Ti kalam haru r tapaiko paryash haru jari nai rahun.

arko kura Qatar ma net phone ko allowed 6ain luki6ipi ho .

Aakar said...

खुशी लाग्यो !
तपाई को एउटा ईमेल ले यति काम गरिदियो होला, भन्ने विश्वास लागेको छ ।

आफ्नो देश भनेको आफ्नै हुन्छ ।

"जननी जन्मभुमिश्च, स्वर्गादपी गरियसी"

Dilip Acharya said...

मलाई भन्न मन लागेको सबै कुरा कैलाश जी ले भनिसक्नु भयो ।
जे होस ईण्टरनेटको पेजमा नै किन नहोस आर्को एक ठाँउमा नेपालको झण्डा फहराउने भएकोमा खुशी लागेको छ ।

बाँकि प्लट तैयार भैसकेको कथाको प्रतिक्षामा ...

Prabesh said...

धेरै ठिक लाग्यो दीपक दाइ तपाईँको काम !! जे भएपनि आफ्नो देशको माया भनेको सबैभन्दा ठूलो कुरा हो जस्तो लाग्छ मलाई । अनि अझै खुसी लाग्यो त्यो टेलिफोन कम्पनीको काम गर्ने शैली देखि ! ग्राहकलाई कति ठूलो मान्छन् है त्यता ?

yauTee Saathi said...

धेरै राम्रो अनि धन्यवाद पनि।।। I have some difficulty reading Nepali तर पनि भर्पुर मेहनत लाएर अज्कल हजुरको blog पढ्ने गर्छु म। You have uncountable writings, very impressive and inspirational! just wondering, are you a professional writer?

yauTee Saathi said...

धेरै राम्रो अनि धन्यवाद पनि।।। I have some difficulty reading Nepali तर पनि भर्पुर मेहनत लाएर अज्कल हजुरको blog पढ्ने गर्छु म। You have uncountable writings, very impressive and inspirational! just wondering, are you a professional writer?

Unknown said...

कैलाशजी , बेदनाथजी , आकारजी , दिलीपजी र उजेलीजी तपाईंहरुले ठुलोकाम नभए पनि राम्रो काम भनेर समर्थन बोलिदिनुभएकोमा ज्यादै खुशी छु । भनुँ नै भने म आफ्नो माटो भन्दा टाढा शरिरले मात्रै छु मनले , मुटुले नेपालमै छु । कतिपयलाई यस्ता कुरा गर्दा स्वाँग हो भन्ने पनि लाग्ला ति अर्कै कुराहरु हुन ।

अनि यौटी साथी , म हिँजो पसेको थिएँ तपाईँको ब्लगमा राम्रो लाग्यो । नियमित आ उजाउ र कुराकानी हुनेछ भन्ने कुरामा ढुक्क छु । नेपालीमा लेखेको पढ्न र बुझ्न खासै समस्या नहोला तपाईंलाई । थोरधेर छ नै भनेपनि त्यो समस्या समस्या पक्कै रहँदैन र जहाँसम्म मलाई ब्यावसायिक लेखक (professional writer ) हो भन्ने जिज्ञासा राख्नुभएको छ । म त्यस्तो होइन र हुनपनि सक्दिन होला । मलाई त्यसरी निक्कै माथी अड्कल गर्नुभएकोमा हार्दिक धन्यवाद तपाईंलाई , म के चैं भनुँ भने यो लेख्नु भनेको कुरा एकप्रकारको निकोटिनको नशा जस्तै भएको छ मलाई । देखेका , सुनेका , भोगेका , अनुभुत गरेका हरेक क्षणलाई कुनै न कुनै तरिकाले लेख्न पाए हुन्थ्यो भनेझैं लागीरहन्छ र लेख्ने गर्छु - कतिको गतिलो लेख्छु भन्ने कुरा चैं तपाईंहरु नै जान्नुहुन्छ ।

अन्त्यमा सबैलाई धन्यवाद !!

Anonymous said...

राष्ट्रियता को लागि गरिने काम चाहे ठुलो होस् या सानो जुन रुप को भए पनि त्यो महान हुन्छ । तपाईंको राष्ट्र प्रती को प्रेम भाब लाई स्बेत सलाम दिपक जि ।
( मैले यो भन्दा अघी तपाईंको यही लेख पढ्दा भाबुक भएर कबिता कमेन्ट गरेकी थिए तर यहाँ देखिन - शायद अस्ती तिर होला मैले लेखेको । यो कम्प्युटर बाट राम्रो सँग पठाउन जानिन होला मैले - अब अहिले भुले त्यो कबिता - सिधै यहाँ टाइप गरेकी थिए - कपिको पन्ना मा पनि लेख्न भुले ! आ! होस् एउटा कबिता हरायो त के भो ! तर थाहा छ दिपक जि ! के हरायो -के हरायो जस्तो हुने रहेछ ! )

Anonymous said...

राष्ट्रियता को लागि गरिने काम चाहे ठुलो होस् या सानो जुन रुप को भए पनि त्यो महान हुन्छ । तपाईंको राष्ट्र प्रती को प्रेम भाब लाई स्बेत सलाम दिपक जि ।
( मैले यो भन्दा अघी तपाईंको यही लेख पढ्दा भाबुक भएर कबिता कमेन्ट गरेकी थिए तर यहाँ देखिन - शायद अस्ती तिर होला मैले लेखेको । यो कम्प्युटर बाट राम्रो सँग पठाउन जानिन होला मैले - अब अहिले भुले त्यो कबिता - सिधै यहाँ टाइप गरेकी थिए - कपिको पन्ना मा पनि लेख्न भुले ! आ! होस् एउटा कबिता हरायो त के भो ! तर थाहा छ दिपक जि ! के हरायो -के हरायो जस्तो हुने रहेछ ! )

Anonymous said...

राष्ट्रियता को लागि गरिने काम चाहे ठुलो होस् या सानो जुन रुप को भए पनि त्यो महान हुन्छ । तपाईंको राष्ट्र प्रती को प्रेम भाब लाई स्बेत सलाम दिपक जि ।
( मैले यो भन्दा अघी तपाईंको यही लेख पढ्दा भाबुक भएर कबिता कमेन्ट गरेकी थिए तर यहाँ देखिन - शायद अस्ती तिर होला मैले लेखेको । यो कम्प्युटर बाट राम्रो सँग पठाउन जानिन होला मैले - अब अहिले भुले त्यो कबिता - सिधै यहाँ टाइप गरेकी थिए - कपिको पन्ना मा पनि लेख्न भुले ! आ! होस् एउटा कबिता हरायो त के भो ! तर थाहा छ दिपक जि ! के हरायो -के हरायो जस्तो हुने रहेछ ! )

Unknown said...

लुनाजी , यो पोष्टमा कमेण्टमा कविता पनि लेख्नुभएको थियो र ? खै मैले त पाईनँ त हौ , के भएछ ? अनि यो कमेण्ट पनि तिन ठाउँमा आएछ हेर्नुस् न ।

तपाईंलाई धेरै धेरै धन्यवाद प्रतिक्रियाको निम्ती - सम्झन सक्नुहुन्छ भने सम्झेर फेरी लेख्नुहोला है त्यो कविता ।

Anonymous said...

लाखको हिरा मोती
अध्यारो मा ज्योति
त्यो भाब
देश प्रे म को ।
~~~~
हिउमा भेटिदाको
तातो स्पर्श को
त्यो भाब
देश प्रेम को ।
~~~~
टिका ललाट्को
शोभा मुहारको
त्यो भाब
देश प्रेम को ।
~~~~
सगर मा था शिर को
नेपाली बिरको
त्यो भाब
देश प्रेमको ।
~~~~
तपाईंको देश प्रती को माया मा आभा छ दिपक जि जस्ले शक्ती दिन्छ मान्छे लाई ।
त्यो आभालाई अनुभब गर्न सक्नु पर्‍यो !
" देश भक्ती त यस्तो होस्
जस्को आभामा शक्ती होस् !