Sunday, November 23, 2008

कविता : कामना सुख र शान्तीको गर्छु

आयु भन या जुनि अब चैं नश्वर देह यो खस्कँदो छ
आँखिर समयकै त हो खेल स्वप्न अझ यो पस्कँदो छ ।
लाग्छ आफैंलाई यो ईहलीला भएको छ अब बिसाउने बेला
छाडेर चेतना मुढो यो शरिर परब्रम्हमा मिसाउने बेला । । १

ज्यान रहुञ्जेल जवानी हुञ्जेल देखिएन कतै नि हरी
आज सर्वत्र देख्छु उनैलाई हो कि उनैको शरण परी ।
कपट , छल , जाल र *जुद्दे जे गर्नु लावण्य रहुञ्जेल हो
आँखिर खाली दुई हत्केला जोडी हुने त हरीसँगकै मेल हो ।। २

बन्द झनझन हुँदैछ दृष्टि जाँदैछन् सुकेर आँखाका पानी
गुन्छु मनमन हिँजो र आज लेखायो समयले के के कहानी ।
भोगियो डर र त्रासका माझ पोखिएझैं चुक अँध्यारो कालो
देखियो मेघमा बिजुली परेझैं छिनभरको झिलिक्क उज्यालो ।। ३

बलोस् भन्दछु उज्यालो अनन्त देखुन् लोकले हिंड्ने बाटो
गरुन् सबले प्राणझैं प्रेम नरोओस् एक्लिएर यो माटो ।
टेकेर माटो धानुञ्जेल ज्यान हुँदैन केहि माटो भन्दा माथी
देहले माटो छोडेर गए नि आँखिर यहि माटै हुन्छ साथी ।। ४

सपना फूलेको देख्ने छ रहर बस्ती बस्ती यि पाखाहरुमा
भय हटेर हर्ष नाचेको मेरा सन्ततीका आँखाहरुमा ।
निभ्नेछ तेल बिनाको दीप छिट्टै मेरो यो आँखाको कान्ति
कामना तर गर्दछु यौटै फैलियोस सर्वत्र सुख र शान्ती । । ५

* जुद्दे - युद्ध ( तस्विरका हजुरबाहरुले 'य' लाई 'ज' उच्चारण गर्नुहुने भएकोले )त्यसो त खुलाईरहनु नपर्ला मैले यो फोटो कहाँ भेटेर कविता लेखेँ भनेर तर सँधैं अलि ढिलो राख्थें भने यो पल्ट छिट्टै राखेँ ।

7 comments:

DEEPENDRA said...

Excellent composition! specially the lines...
टेकेर माटो धानुञ्जेल ज्यान हुँदैन केहि माटो भन्दा माथी
देहले माटो छोडेर गए नि आँखिर यहि माटै हुन्छ साथी ।।
Really loved it. Thanks for such a nice poem.

luna said...

असाध्यै सुन्दर कबिता लेख्नु भो दिपक जि ।
( मैले यो भन्दा अगाडि को तपाईंको लेख मा पनि कमेन्ट पठाएकी थिए तर देखिन । खै के भो ! कि मैले राम्रो सँग पठाउन जानिन ! यो कम्प्युटर सम्बन्धी त्यती राम्रो जानकारी पनि छैन मलाई । )
सधैं तपाईंको सुन्दर सुन्दर कबिता पढ्न पाइ रहु , हिर्दय देखी नै शुभ कामना तपाईंलाई ।

Luna said...

बेदनाथ पुलामी ( उमेश ) said...

दीपक जी -तपाईको यो भावना धेरै राम्रो -म सँग त्यस्तो शब्द नै छैन जसलाई प्रशम्सा गर्न योग्य होस ,शब्द अभाबको अनुभूति भएको छ ।
दीपेन्द्र r लुना जी भने झै ।

sarmi said...

sarai ramro lagyo kavita.Tapailai dherai dhanyabad cha la, manche ko jindagi sanga jodiyako bhawana , satyata ra yathartha lai yesto ramro sabda haru lekhera bujhauna khojnu bhayako ma, ma asha garchu tapaiko harek kavita ra geetharule sabaiko man chuna sakos... , bhagwansanga mero yehi prathna cha .

दीपक जडित said...

दीपेन्द्रजी , लुनाजी , बेदनाथजी र शर्मी (काली) सबैलाई धेरै धन्यवाद यो कविता मनपराईदिनुभएकोमा ।