दैब तिम्ले साथ छाड्यौ सारा संसार टाढा भयो
फूल पनि छातीमा राख्दा मुटु घोच्ने काँढा भयो ।
राखेको थें संसार नै मुटु भित्र अटाएर
एक्लै पारी छोडे सबले मलाई मात्रै हटाएर
पुराना ति घाउहरु झनै आज गाढा भयो
फूल पनि छातीमा राख्दा मुटु घोच्ने काँढा भयो ।
खुशीहरु खोजीरहें कतै पनि भेटिएन
मेटाउन खोजें तर जिन्दगी यो मेटिएन
बल्झिएका घाउहरु झनै अग्लो डाँडा भयो
फूल पनि छातीमा राख्दा मुटु घोच्ने काँढा भयो ।
1 comment:
धेरै राम्रो छ तपाइको रचनाहरू । यसै गरि निरन्तरता दिनुहोला मेरो शुभकामना छ।
सँकल्प पोख्रेल
चितवन
http://hamrodesh.com/?
Post a Comment