यो गजल देखेपछि मलाई सम्झना आयो कि त्यो बेला म मधुपर्क खुब पढ्थें र मधुपर्ककै कुनै अँकमा लेखिएको यौटा गजल -
ह्रदयको अँगेनोमा फेरी आगो बालीहेर ।
हुन्छ साथी अझ धेरै मट्टितेल हालीहेर ।
..............
हेरेर त्यसैको संरचनाको नक्कल गर्दै लेखेको थिएँ । मधुपर्कको त्यो गजल बुँद रानाको थियो कि जस्तो लागेको छ मलाई तर हो नै भन्न सक्दिंन ।हुन्छ साथी अझ धेरै मट्टितेल हालीहेर ।
..............
आफ्नो सम्झे तिम्रै हुँ म मित्रता सम्हाली हेर ।
जे सम्झन्छौ त्यहि हुँ म नत्र यो मन चालीहेर ।
मेरा उपर तिमीभित्र अविश्वासका तुष भए,
खेद छैन मलाई लगि रछ्यानमै फालीहेर ।
ईच्छा भए हामीबिचको मित्रतालाई प्रगाढ पार्ने,
भएजति सन्देहका प्वालहरु टालीहेर ।
अनायासै कुनै क्षण मलाई छाम्ने रहर जागे,
कति कोमल हुनेछु म मुटुभित्र हालीहेर ।
दिनमा मात्र हुन्छ सूर्य अँध्यारो छ रात सारा,
मेरो साथ चाहिएमा दिलको दीपक बालीहेर ।
जे सम्झन्छौ त्यहि हुँ म नत्र यो मन चालीहेर ।
मेरा उपर तिमीभित्र अविश्वासका तुष भए,
खेद छैन मलाई लगि रछ्यानमै फालीहेर ।
ईच्छा भए हामीबिचको मित्रतालाई प्रगाढ पार्ने,
भएजति सन्देहका प्वालहरु टालीहेर ।
अनायासै कुनै क्षण मलाई छाम्ने रहर जागे,
कति कोमल हुनेछु म मुटुभित्र हालीहेर ।
दिनमा मात्र हुन्छ सूर्य अँध्यारो छ रात सारा,
मेरो साथ चाहिएमा दिलको दीपक बालीहेर ।
4 comments:
वाह ! वाह !!
अनायासै कुनै क्षण मलाई छाम्ने रहर जागे,
कति कोमल हुनेछु म मुटुभित्र हालीहेर ।
................
यो त झनै दामी दाइ !
करिब साढे एक दशक अगाडी नै यस्तो दमदार गज़ल लेख्नु भएको रहेछ, दीपक जडितजीले । चिल्लो पातको उखान त्यतिकै किन बनेको हुन्थ्यो... ? गज़ल लेखनमा तपाइको उपस्थिति यस्तै सघन भैरहोस, अझ बढिरहोस । उन्नयनको कामना गर्छु ।
दीपक भाइ गजल निकै राम्रो छ । अझ राम्रो लेख्नु हुनेछ भन्ने शुभेच्छा ।
आग्रह, घुर्की र आत्मिक सम्बन्धबारे त्यति अगाडि नै बज्र गजल लेख्नुभएछ ।
मट्टीतेल हाली हेर वाल गजल मैले पनि कतै पढेको हुँ, कसको हो यकीन भने भएन ।
मात्रामा घटबढ भए पनि भावगत हिसाबले अब्बल छ रचना ।
घरको कोसेली मीठो सँगाल्नुभएछ !
Post a Comment