Sunday, March 01, 2009

कथा : यु टर्न

साउथ किहे रोड प्रसान्त महासागरको किनारै किनार हुँदै माउई टापूको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ । माझमा ब्यस्त किहे बीच प्रसान्त महासागरलाई आईज मलाई डुबा भन्दै घ्याक पसारेर बसेको छ । किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका भाटाले हवाईयन शैलीमा बनाईएका चिटिक्क परेका केही एकतल्ले घरहरु छन् । हेर्दा सामान्य कुनै दुर्गम गाउँमा अनेक अभावहरु सहँदै उभिएका टहराहरु जस्ता देखिने उक्त घर क्षेत्र भने आश्चर्यजनक तथा मनमोहक तवरले सजाईएको छ । आँगनमा बनाईएका साना साना पुष्प बाटिकामा अनेकौं फूलहरु हाँसिरहेकाछन् जस्तो कि कसैलाई एकसय आठ पूष्प चाहिएको भए उसले अन्यत्र कतै खोज्न जानु नपरोस् । माझमाझमा निर्माण गरिएका स साना जलकुण्डहरुमा रँगीबिरँगी साना ठुला माछाहरु पानीको फोहरा सँगै खेलीरहेका छन् । हरेक एउटा कुण्डबाट अर्कोसम्म पानी बग्ने सानो कुलेसोले जोडिएको हुँदा लाग्छ त्याँहा खेलिरहेका माछाहरुलाई आफु बन्दि बनेको पत्तो नहुँदो हो । हरेक अर्को अर्को कुण्डमा पौडन स्वतन्त्र छन् माछाहरु ।

परम् सौंदर्यले युक्त उक्त बाटिका उर्वशी , रम्भा , तिलोत्तमा , ईत्यादि अप्सराहरुलाई अघिपछि लगाएर ऐरावत चढि विहार गर्ने देवगणका राजा ईन्द्रको स्वर्गलोकको दाँजोमा पट्टक्कै कम छैन भलै वरीपरी आलिशान् महलहरु छैनन् । बाटिकाको चारैतिर उस्तै आकार प्रकारमा निर्मित घरहरु सबै मदिरालय सहितका आधुनिक नाचघरहरु छन् । आधुनिक जिब्रोले डान्स बार उच्चारण गर्ने उक्त मदिरालय तथा नाचघरहरु सबैको आ आफ्नै विशेषता रहेको छ । कुनैमा अर्ध नग्न नाचिने , कुनैमा सर्वनग्न नाचिने , कुनै महिला समलिँगीहरु भेलाहुने , कुनै पुरुष समलिँगीहरु भेलाहुने त कुनै सामान्य प्रकारकै रहेका छन् तथापि जो कसैलाई जहिँ कहीँ जान उमेरको हद बाहेक अन्य छेकबन्ध छैन । ति नै मदिरालयहरु मध्येको यौटा टिकी लङ्ग नामले प्रसिद्ध नाचघर सहितको मदिरालयमा चारवटा कुना भएको बारको एक कुनामा साथीहरु पर्खेर डी बसिरहेको छ ।

हातले बार टेबलमा राखेर पिउँदै गरेको रक्सीको गिलास खेलाउँदै उ भित्रै मुटु कलेजै थर्किने गरेर बजिरहेको गीत ठम्याउने कोसिस गरिरहेको छ । एक त उसले पहिले नसुनेको जस्तो लाग्ने गीत त्यसमाथी डीजेले प्लेयरमा सीडी घोटेर फुल पार्ने बेलाको कुखुरी कोर्कोराएझैं बनाउँदा उसलाई गीत बुझ्नै गाह्रो भै रहेछ । गीतबाट हटेर उसको ध्यान डीजेमा केन्द्रित हुन्छ । कालो वर्ण , खँदिला बलिष्ट पाखुरा भएको झण्डै ६ फीट उचाई भएको डीजेले सिक्स्टी नाईन नम्बर लेखिएको बास्केट बल खेलाडीको झैं जर्शी लगाएको छ र गीतको हाउभाउ अनुरुप शरिर मर्काउँदै प्लेयरमा सीडी घोट्न ब्यस्त छ उ । सायद उ बारमा नाच्न आउने युवतीहरु आफुमा आकर्षित भईदिउन् भन्ने पिरोलोमा छ । उ यहाँको आम मान्छे । बस्दो हो कतै अपार्टमेण्ट लिएर एक्लै । न बाउ आमा पाल्ने झण्झट हुँदो हो उसलाई न दिदीबैनिको बिहेबटुलोको चिन्ता । न अधिकारको निम्ती लड्नु पर्दो हो कसैसँग न भेदभावमा परेर हिंड्नुपर्दो हो कसैबाट । यहाँसम्म कि आफ्नै घरजमको पनि सुर्ता गरिरहनु नपर्ने आम मान्छे उ । उ भित्रको कथा ब्याथा त उसैलाई थाहा होला तर डीको नजरमा उ शोक न सुर्ता भोक न भकारी देखिएको छ ।

' Hey D , You already here in D corner huh ? ' डेजा आईपुगी । यो बारमा ठाउँ पाएसम्म उ यहि कुनामा बस्न रुचाउँथ्यो र उसले यो कुनालाई डी कुनो भनेर नाम दिएको थियो , ' Whatchya drinking ? ' उसको पहिलो नजर डीको हातले टेबलमै समाईरहेको ड्रिंक्समा पर्यो । उसले हातमा झुण्ड्याएको ब्याग टेबलमा एकापट्टी राखी र डीलाई अँगालो हालेर भेटको हार्दिकता साटी । कुर्शीबाटै लम्किएर उसले पनि हार्दिकता जनायो र भन्यो , ' Uh ! Scotch . what are you drinking ? '

' You know how I get down, Sierra nevada so I can feel californication . ' क्यालिफोर्नियाबाट आएकि उ क्यालिफोर्नियाप्रति सकेसम्म गर्व गर्दथी ।

उसले डेजाको बियर मगायो र दिँदै भन्यो , 'What's californication ? '

' Well I have no Idea what exactly it is, but it's in a song. Have you ever heard the song Californication ?'

'No never .' छैनको भावमा डीले टाउको हल्लायो साथमा ओठपनि छैन भन्ने कुरालाई अझ प्रष्ट पार्न लेब्र्याएको थियो ।

' Oh ! Man , I love John Frusciante's song . ' उ गाउन थाली ,

' ... It's the edge of the world
And all of western civilization
The sun may rise in the east
At least it settles in the final location
It's understood that hollywood
Sells californication....'

'Hey guys what's crackin'?' प्याट आईपुइग्यो । पछिपछि मिलिसा , उसकी दिदी रचेल र रचेलकि गर्लफ्रेण्ड डायना र पाउला थिए । डेजाले पहिले प्याटलाई अँगालो हालेर भेटको हार्दिकता जनाई । डी र प्याटले हात माथी उठाएर हत्केला जुधाई त्यसपछि हात मिलाए र हात मिलाउने केहि प्रक्रिया पुरा गरेर दुबैले चुट्की बजाउँदै भेटको हार्दिकता बाँडे । मिलिसाकि दिदी र उसकी ग्रलफ्रेण्डसँग डीको दोश्रो पटकको भेट भएपनि उनिहरु अँलागो हालेरै हार्दिकता जनाउन अघि सरे ।

'लामाते डी ' , दुई हत्केला नमस्तेभावमा जोडेर नाकसामु पुर्याउँदै सबैभन्दा पछिल्तिरकि पाउलाले भेटको हार्दिकता जनाई ।

'नमस्ते !' हात जोडेरै डीले जवाफ फर्कायो । समुहका सबै हाँसे उनिहरुको हार्दिकता साट्ने नयाँ शैली देखेर ।

' What? ' उनिहरुतिर प्रश्नसुचक नजरले हेर्दै साथमा हातले भाउ देखाउंदै उसले भनि , 'It's not funny, repect their culture guys . Don't make fun .'

' We are laughing at you Paula, not at his culture . ' डेजाले थुतुनो चलाई ।

' You Know what's funny ?.... ' प्याट केहि भन्न खोज्दैथियो ।

' Your Mom's funny . ' चोथाले डेजालाई केहि निहु पाउनु हुँदैन मुख फर्काईहाली ।

प्याट एकछिन् चुपलाग्यो र बोल्यो , ' I Know My Dad's funny too .'

अर्जेन्टिनाबाट तिन चार महिनाको लागी आएकी पाउला भोली फर्कंदै थिई । उनिहरु सबै आज पाउलासँग अन्तिम रमाईलो गर्नलाई बार आएका थिए । उनिहरुको ग्रुपमा राम्रै हेलमेल भएकी मेक्सिकोकि मारिया भने भेटघाटको निम्ती घर फर्केकी हुनाले यसपटक अनुपस्थित थिई ।

' It's time for a shot, what you guys want to drink? .' मिलिसाले प्रस्ताव ल्याई । सबैको निम्ती सट नै आयो । सबैले चियर्स गरेर पाउलालाई यात्राको शुभकामना भन्दै घुट्क्याए ।

' I wanna go shake my ass .' डेजा आफ्नो स्थान छोडेर नाच्न गई । रचेलले उसकी ग्रलफ्रेण्डलाई तानेर नाच्न लगी । प्याटले पाउलालाई लिएर गयो ।

' You wanna go dance ? ' मिलिसाले डीलाई नाच्न जान भनी ।

' After a couple more of these, sure.' उसले जवाफ दियो । नाच्न खासै भाखा नल्याउनेलाई रमरम नहुञ्जेल आँगन टेडो हुन्छ भन्ने थाहा थियो उसलाई । बरु उसले चुरोट पिउन बाहिर जाने प्रस्ताव राख्यो । मिलिसा चुरोट पिउँदिनथि तर साथ मात्रै दिन निस्कि बाहिर । उनिहरु आँगनमा निर्मित सानो उद्यानको फलैँचामा बसे ।

'D , your country is really amazing, I can't wait to get there.' गफ गर्ने मेलो झिकि मिलिसाले । आउने अगष्टमा डी नेपाल फर्कंदै थियो र मिलिसा र प्याटले उ सँग नेपाल घुम्ने योजना बनाएका थिए ।

' It's going to be so fun .' उसले यति भन्यो र भुईँमा कसैले पिउँदा पिउँदै फालेको , धुँवा उडिरहेको चुरोटको ठुटोमा नजर टिकाएर चुरोटको कस तान्न थाल्यो उ ।

' I want to see Mustang and go to the base camp at Everest.' मिलिसा आफुले ईच्चाएको कुरा बताउँदैथिई , ' Hey babe , how you doin' ? long time no see .' कुनै तेस्रो ब्याक्ति दुबै हात फैलाएर मिलिसालाई अँगालोमा स्वागत गर्दै आयो । आश्चर्यचकित भावमा ठुल्ठुला आँखा पार्दै मिलिसा उठी र तिमी कहाँबाट यहाँ आईपुग्यौ ? छक्कै परें तिमीलाई यहाँ देखेर भन्दै उसको अँगालोमा बेरीई । उसको अँगालोबाट खुस्किएपछि उसले निक नाम गरेको त्यो ब्याक्तिसँग डीको परिचय गराई ।

' Hey what's up man ? ' उसले डीतर्फ हात बढायो ।

' Chillin', what's up with you?' डीले हात मिलायो । त्यसले मिलिसालाई ड्रिँक्स किनिदिने चाहना देखायो । मिलिसाले आज भैगो अरु कुनैदिन भन्दै अस्विकार गरी ।

' Where you living these days Milissa ? Can I come visit you sometime ?' मिलिसाको पछि लाग्न छोडेन उ । एकैछिन मिलिसा असमञ्जसमा परेझैं देखिई र डीसँग टाँसिँदै उसको ढाड सुम्सुम्याउँदै भनी , ' Well you have to ask D, we live together .'

निक अलि हच्किएझैं भयो , 'Oh you guys-' उसले वाक्य पुरा गर्नै परेन मिलिसाले कुरा टुङ्ग्याई , ' Yeh , we've been together a while .'

मिलिसा निकको अघिल्तिर नाटक रच्दैछे भन्ने बुझ्न डीलाई बेर लागेन । उसले खुस्रुक्क चुरोटको ठुटो भुईँमा खसाल्यो र मिलिसाको हात समातेर उठाउँदै भन्यो , ' Hey sweetheart let's bounce.'

उनिहरु उठे । निकसँग पछि हट्नुको विकल्प थिएन । उ हारेको साँढे झैं देखिन्थ्यो न मैदानबाट पुच्छर केलाएर भाग्न सक्ने न जुध्न नै अघि बढ्न सक्ने । त्यसैबला कतैबाट बत्तिएर डेजा आईपुगी , ' You guys need to quit slackin' . Shots are poured and we're waiting on you two .'

उनिहरु भित्र जानै लाग्दा डेजाले डीसँग चुरोट मागी । डीले चुरोट दिएर सल्काईदियो । डेजाले भनि , 'You guys go ahead, I'll be right back .'

डी कर्नरमा उनिहरु पुग्दा उनिहरुको कुर्शीमा अरुनै कोही बसेका थिए । टेबलमा उनिहरुकै प्रतिक्षामा रहेको सट सबैले हातमा लिएर पुन पाउलालाई यात्राको शुभकामना भन्दै घुट्क्याए ।

भिड छिचोल्दै डेजा र निक हात समातेर त्यतै आउँदैथिए । मिलिसाले डीको कानमा मुख लगेर भनी , ' Did you see them? That dude's a player.'

हात दुबैले समाएका थिए । यहाँ डेजाले निकको हात समाई भन्न अथवा निकले डेजाको हात समायो भन्न र उनिहरु प्रति धारणा बनाईहाल्न अलि नमिल्ने देखेर डीले केहि भनेन । बरु उसको दिमागमा मिलिसाको के सम्बन्ध थियो निकसँग र यसरी तिरस्कारले हेर्दैछे भन्ने कुरा खेल्न थाल्यो । सट घुट्क्याईसकेपछि सबै हातहातमा ड्रिँक्सको गिलास , बोतल बोकेर नाच्न अघिसरे । मैदानमा डल्ली डल्ली डेजा निकसँग मर्की मर्की नाच्दैथिई त्यही देखेर मिलिसाले डीलाई बाहिर जान आग्रह गरी । नाच्नु थिएन उसलाई पनि मिलिसाको पछि लाग्यो उ ।

' Hey Melissa, what's the story between you two? Why'd you lie to him?' कौतुहलता रोक्नै सकेन उसले ।

मिलिसाको कथामा निक मिलिसाको राजकुमार थियो कुनै दिन । झण्डै ३ वर्ष उनिहरु सँगै बसे तर निकले उसलाई धोका दिएर अर्की गर्ल फ्रेण्ड बनाएपछि मिलिसाले उसलाई छोडेकी थिई ।

' I Don't even know how he got here. And he still wants to come my house , Just to have me . I'm not a food ok? ' दुखेसो पोखाई उसले ।

' Well , I don't think he only ate you Mellisa . You both ate together. It takes two to tango.' डीले मिलिसाकै संस्कृती अनुरुप अलिकति ब्याख्या छाँट्यो ।

' Yah, you're probably right but what do you say to cheater ? He cheated on me .' आफ्नो पक्षको वकालत गरी मिलिसाले ।

डीलाई त्यो नचिनेको निकको पक्षमा वकालत गर्नु थिएन । भन्यो , 'You already dumped him, and your not a food and they can't enjoy you like a food unless you let 'em . '

' Hey D. Could you hook me up with a cup of your man juice ? We want to have a baby . ' मिलिसाकि दिदी रचेल र उसकी ग्रलफ्रेण्ड डायना मातेर लठारिँदै आए ।

' Stop asking every Tom, Dick, and Harry. Keep that shit on the DL Rachel ? ' मिलिसाले हकारेको स्वरमा दिदीलाई कराई । उ केही रिसाएझैं देखिन्थी । रचेलले मिलिसालाई घ्वाम्लाङ्ग अँगालो हालेर म्वाई खाँदै भनी , ' Don't get mad babe , you know we really want to have a baby .'

' Don't make a scene, you guys can adopt a baby.' रिसाएरै उसले दिदीलाई उपाय सुझाई ।

' I know ! but I want to feel a baby inside me.' टी शर्ट मास्तिर सारेर नाङ्गो भुँडी सुम्सुम्याउँदै रचेलले भनी । यिनिहरुलाई लेस्बियन पनि हुनुपर्ने अनि बच्चा पनि पाउनु पर्ने भन्दै केहिबेर मिलिसा एक्लै भुत्भुताईरही ।

डी अक्क न बक्क भएर रचेलको चर्तिकला हेरीरहेको थियो चुपचाप । पहिलो चोटी भेट्दा रचेलले आफु सियाटलमा कुनै टेलीभिजनमा कार्यक्रम चलाउँछु र न्युज पनि भन्छु भनेकि थिई । उसलाई भर्खरै नेपालमा बारमा गएर नाचेको आरोपमै कुनै महिला सञ्चार कर्मीले जागिरबाट हात धुनुपरेको सम्झना भयो । उ सोच्दै थियो कति फरक संस्कृती यिनीहरुको र हाम्रो ।

निक्कैबेर डी र मिलिसाले दुई संस्कृती बिचको अन्तरका कुरा गरे । मिलिसाले तिम्रो कल्चरका शान्त र सौम्य मान्छेहरु मनपर्छ तर तिमीहरु वर्षौं वर्ष लोग्नेस्वास्नी , प्रेमी प्रेमिकाहरु छुट्टिएर बसेको देख्दा कहाली लागेर आउँछ भनी । नेपालबारे केही चासो राख्ने भएकिले मिलिसालाई थोर बहुत जानकारी थियो नेपाली जन जीवनको बारेमा पनि । बाबुआमाले हेरिदिएर बिहे हुने प्रसँग चल्दा मिलिसाले भनी , ' That doesn't sound very cool to me. How does it work when the husband and wife don't love each other?'

सामान्यतया मागी बिहेको बारेमा सुन्ने बित्तिकै बिना प्रेम जीवन बिताउँछन पूर्वियहरु भन्ने धारणा धेरै पश्चिमाले तुरुन्तै बनाएझैं मिलिसाको पनि धारणा थियो ।

डीले सम्झाउन सकेसम्म जसरी प्रेम भएपनि तिमीहरुको बिहे नहुन सक्छ त्यसरी नै हाम्रो बिहे भैसके पछि पनि प्रेम हुन सक्छ भन्दै थप्यो , ' It's not about love according to the custom, it's about respect. But that's crazy marriage should be about love.'

वास्तवमै जुनसुकै भूगोलमा रहने समाजको पनि भावनात्मक पक्षको पाटो उस्तै हुन्छ । मानविय स्वभाव दुरुस्तै हुन्छ । फरक देखिन्छ त केवल तिनीहरुको कृयाकलापमा मात्र र त्यो पनि बाँकी समाजले कसरी हेर्छ भनेर । आँखिर एउटै समयका मान्छेहरु हुन समग्रमा नहोला संक्षिप्तमा सबैतिर उस्तै हुन्छन् । यौनको विषयमा अलि बढ्तै कढाई हुनाले आफ्नो समाजमा निम्तिएका विकृतीहरु प्रति डीलाई जति अफसोस थियो त्यती नै अफसोस यौनको विषयमा उसको समाजमा भएको बढ्तै खुकुलोपनाले निम्त्याएका विकृतीहरु प्रति मिलिसालाई पनि थियो । दुई भिन्ना भिन्नै संस्कृतीमा हुर्के बढेका भएपनि उनिहरु दुबै पति पत्नी तथा प्रेमीहरु एक आपसमा आदर गर्नलाई हैन बरु प्रेम गर्नलाई हुन् , एक आपसको प्रेमले स्वत आदर स्थापना गर्छ भन्ने कुरामा सहमत थिए ।


यस्तै कुरामा अलमलिएर उनिहरुले त्यो बारको रमझमको भन्दा धेरै त्यो उद्यानको सुन्दरताको आनन्द उठाउँदै समय बिताए । बारहरु लगभग बन्द हुने बेला भैसकेको थियो । उनिहरुको ग्रुप घर फर्कनलाई पार्किङ् लटमा भेला भएर छुट्नेबेलाको चुरोटको धुवाँ उडाउँदैथियो को को मातेको छैन , कस्ले ड्राईभ गर्ने र कस्ले कस्लाई घर छोडीदिने सल्लाह गर्दैथिए उनिहरु । रचेल र उसकी ग्रलफ्रेण्ड हामी ड्राईभ गर्न सक्छौं भनेर लागे आफ्नो गाडीतिर । मिलिसाले प्याट र पाउलालाई छोडिदिने भई । डेजा भने म ड्राईभ गर्न सक्दिंन म त आज डीसँग डीकै घर जान्छु भनेर अड्डी कस्न थाली । उ साँच्चै धेरै मातेकी पनि थिई । मिलिसाले डीलाई लौजाउ उसको घरपनि टाढा छ तर भोली छिट्टै आएर गाडी लैजानु नत्र टो गरिदिन्छ भनेर सम्झाई । उसले डेजालाई आफ्नो गाडीमा राख्यो र घर लैजान स्टार्ट गर्यो ।

'.....I wanna love you and treat you right;
I wanna love you every day and every night:
We'll be together with a roof right over our heads;
We'll share the shelter of my single bed.... ' उसको गाडीमा पहिले बजिरहेको बब मार्लीको गीत अटो प्ले भएर घन्कन थाल्यो । डेजा नशाकै सुरमा खुसीले उन्मत्त हुँदै सँगसँगै गाउँदै झुम्न थाली । मानौं उ डीको घर जान र डीको बेड सेयर गर्ने खुसीमा उम्लिरहेकि छे । डीले अर्को सिडी बज्ने गरेर प्लेयरको बटन थिच्यो ।

'...सातै समुन्द्र तरेर गयौ चिठ्ठी त लेख है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है.........' कुन्ति मोक्तानको स्वर घन्कन थाल्यो ।

'What is this D ? I don't understand any of these words. You should put Bob Marly back on.! ' डेजाले बब मार्ली नै सुन्ने चाहना देखाई ।

'Alright.' उसले पुन बब मार्लीकै गीत बजायो । डेजा गीतकै तालमा हल्लिंदै गाउन थाली तर डीको मनमा भने कुन्ति मोक्तानको गीतले घर बनाईसकेको थियो । रातीको २ बजिसकेपछिको सुनसान प्राय सडकमा नशाले धुत भएकि केटी साथीलाई घर लैजाँदै गर्दा उ सोचमग्न भयो , ' मित्रताकै आडमा यस्लाई घर लैजाँदा के भोली यो सम्बन्ध यस्तै रहला ? के यस्ले मलाई कुन्ति मोक्तानले गाएझैं सपना देख्न देली ? '

भाईब्रेशनमा राखेको उसको सेलफोन गोजीमा गुज्गुजायो । अलिकति तन्किएर उसले सेलफोन झिक्यो ।

' के भयो आज ? किन यतिबेलासम्म फोन नगरेको ? म तपाईंको फोन कुरेर बसिरहेकी छु । ' उसले बोल्नै नभ्याई उसकी ग्रलफ्रेण्डको आवाज सुन्यो ।

'Who's that ? Melissa ? What's she up to ? ' ठुलो स्वर पारेर डेजा सोधीखोजी गर्न थाली । उसलाई फोन राख्नु न बोलिरहनु भयो । डेजाको स्वर उसकी ग्रलफ्रेण्डले सुनेर के सोच्ली ? रातको यो बेला उसँग बोलीरहेको कुनै नारी स्वरले पक्कै आतँकित बनाउँछ उसकी ग्रलफ्रेण्डलाई भन्ने भयो उसलाई । उसले सेलफोनमा डेजाको आवाज नछिरोस भनेर छल्ने प्रयत्न गर्दै भन्यो , ' मलाई अरु आधा घण्टा देउ ल ? म तिमीलाई कल ब्याक गर्छु । अहिले यौटा साथीलाई राईड दिँदैछु । उसले जवाफको प्रतिक्षा नगरी फोन राख्यो र तुरुन्तै डेजालाई उसैको घरमा पुर्याएर छोडिदिने निर्णय गरेर बिच बाटैबाट यु टर्न लियो ।

'........One Love, One Heart
Let's get together and feel all right.........' प्लेयरमा बब मार्लीकै अर्को गीत बज्न थालेको थियो । यो पल्ट डी झुम्दैथियो गीतको तालमा ।

10 comments:

Anonymous said...

कथाले मलाई नि सम्झन बाध्य बनायो ....

खड्केको एउटै कुरा के हो भने डी ले डेजा लाई जसरी भए नि सहयोग गर्दै थ्यो ... उसले यू टर्न भन्दा नि राईट टर्न चाहीं गर्या हो की ?

Dilip Acharya said...

यो यु-टर्न नै Right turn (right मतलब 'सहि' को मानेमा) हुन्छ होला कथाको यो मोडमा पुग्दा।

Anonymous said...

OWO !
great :)
very nice ! :)
how u handle , is very interesting .OWO !

Anonymous said...

Tapaiko u turn sachhikai raamro lagyo,pahile ko katha 420 malai dherai man pareko thiyo.tapaaika gajal jastai salala bagchhan tapaika katha haru pani.

Yumesh Pulami said...

रमाइलो नै लाग्यो ....

Basanta said...

साह्रै सुन्दर कथा! हाम्रो भन्दा भिन्दै खाले समाजको ज्यादै सशक्त चित्रण गर्नुभएको छ दिपकजीले! डीको मनोदशाको गज्जबसंग खुलेको छ कथामा। अरु पनि पढ्न पाईयोस् चाँडैनै।

Unknown said...

मिलनजी , स्वागत छ तपाईंलाई मेरो ब्लगमा प्रतिक्रिया लेख्न भ्याउने गरेर आउनुभएकोमा । निरन्तर आवत जावतको सदिच्छा छ । तपाईंलाई कुरा खट्किएको देख्दा अलिअलि हाँसो लाग्यो - मेरा केहि पछिल्ला पोष्टहरु पनि पढ्नुभएको भए डीले डेजालाई जसरी भए नि सहयोग गर्दैथियो भन्ने ठाउँमा कसरी सहयोग गर्दैथियो सम्म बुझ्नुहुने थियो भन्ठान्छु ।

राईट टर्नको सवालमा चैं दिलीपजीले गजब ब्याख्या गरिदिनुभएछ - आभारी छु दिलीपजी सँग ।

लुनाजीलाई धन्यवाद ! एकतमास तपाईंको माया पाउँदा म आफुलाई भाग्यमानी सम्झन्छु ।

सुफीजी , तपाईंसँगको परिचयात्मक हार्दिकताले पनि माई संसारको सँघार नाघेर यहाँसम्म आईपुगेकोमा खुशी लाग्यो । तपाईंलाई पनि स्वागत छ मेरो ब्लगमा ! निक्कै राम्रा कवितामा चिनेको छु तपाईंलाई । धन्यवाद कथा मनपराईदिनुभएकोमा ।


वसन्तजी ,
४२० उत्सवकै पात्रहरु दोहोर्याएर लेख्न खै किन मन लाग्यो यो कथा उस्तो अब्बल कथा पनि थिएन , केवल फर्केर पुगिने सम्भावना नरहेको स्थान र त्यसैगरी भेटिने सम्भावना नरहेका ति साथीहरु प्रतिको प्रेमले लेख्न अह्रायो क्यार मलाई र पनि मन पराईदिनु भएकोमा धन्यवाद !

कैलाश said...

"यु टर्न, D को नेपाली पन"

Jotare Dhaiba said...

लामो पोष्ट पढ्न मेसो मिलाउँदा यति बेर भयो ।

'फेरि गन्थन' को सन्दर्भमा गाँसिएर आएका पात्रलाई कथानक जालोमा नियाल्ने मौका जुर्दा डीकै सादा-सङ्लो रूपले प्रभावित बनायो । घटनाक्रम सामान्य रहे पनि पात्रको अलग संस्कृति र सोचाइले यु टर्नको ढोका खुलेको पाठ बुझिन्छ । सारै जिम्मेवार पात्रलाई उठाउनुभएको रहेछ । 'यु टर्न' लिन जोकसैले कसरी पो सक्ला र, र त्यो पनि आजको जस्तो जीवनको साँगुरो सडकमा ?

Unknown said...

धाईबाजी र कैलाशजीलाई धन्यवाद !