Thursday, March 05, 2009

गजल : लिपेर प्रियले

राख्दिहुन् मन घरसँगै लिपेर प्रियले ।
मिलनको आशामा दिल खिपेर प्रियले ।

रनबन मेलापातमा बल्झँदो हो याद ,
शिउरिँदीहुन् गुराँस त्यो टिपेर प्रियले ।

हुँदोहोला सँधै यौटा तस्विर खोकिलामा ,
हेर्दी होलीन् सँगिनीसँग छिपेर प्रियले ।

नीरदाना सिह्रानीमा कोल्टे फेर्दै रातमा ,
झार्दी होलिन् पालासरी धिप्धिपेर प्रियले ।

11 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

गजल मज्जाले गर्जेको छ ... प्रिय को बातसंगै -जडित जी को जोड़ले ।

सिकारु said...

जडित जी मिठो गजल । धन्यबाद

Basanta Gautam said...

मिठो गजल जडितजी! राम्रो लाग्यो।

DEEPENDRA said...

Indeed a beautiful composition! Loved it.

बिमल गिरी said...

Aaha kya dami gajal?Yesto po hunchha ta gajal?cogratulation Deepak jee.

कैलाश said...

Simple & Beautiful.

मिलन said...

गजल राम्रो लाग्यो... तर टाढाकी प्रियको खासै भर चाहीं गर्नु हुन्न है दाइ...

Luna said...

beautiful !

>Jotare Dhaiba< said...

मायालु ! मनै तताउने पङ्ख फैलाएको भावधारा । सोचे जस्तै भएको होस् ।

एकल यात्री said...

nice

दीपक जडित said...

हार्दिक धन्यवाद सबैजनालाई यो गजल मनपराईदिएर प्रतिक्रिया लेखिदिनुभएकोमा ।