Tuesday, February 03, 2009

गीत : हे ! युवा देशका

हे ! युवा देशका तिमी कहाँ हिंड्दैछौ ?
कस्को लागी आफ्नैसँग आज लड्दैछौ ??

जस्ले आज तिम्रो हातमा थमायो हतियार
तिम्लाई आफु माथी पुग्न बनायो मतियार
साझा हाम्रो माटो माथी को आयो अँशियार
आजै चिन युवा उसलाई बनेर होसियार ।

उठ जाग हे ! युवा अब माटोको लागी
आफु हिंड्ने देश हिंडाउने बाटोको लागी
पहिलो बाजी जिन्दगीको माटो भनेर
लड बरु शान्ती हिंड्ने बाटो खनेर ।

2 comments:

Anonymous said...

i love your poem .
keep it up !

Unknown said...

धन्यवाद लुनाजी , यतिखेर साह्रै चित्तदुख्ने कुरा हो यो बीसौं वर्ष भै सक्यो हामी अझै पटक पटक गलत काम गर्दा गराउँदा पनि नेताहरुको पछि नै दगुरीरहेका छौं ।