Thursday, September 11, 2008

गजल : तिम्रो आवाजले झस्किएँ



मस्त निद्रामै पनि तिम्रो आवाजले झस्किएँ ।
ईशारा दियौ तिमीले म सपनामै मस्किएँ ।


खन्यायौ रंग प्रेमको अनेक तिमीले पनि ,
मैले पनि त अनुपम प्रेम रंग पस्किएँ ।


बनावटी राग रिसको जो देखायौ तिमीले ,
म झनै के कम थें क्षणभरलाई ठस्किएँ ।


बिउँझिएर रातबिच एक्लो 'दीपक' देख्दा ,
पहिरोले धाँजा फाटेको जमिनझैं धस्किएँ ।


जगाए पँक्षिले प्रभातसंगै दुरदेशमा ,
तिम्रै यादले दिनभर छातिभित्र चस्किएँ ।

9 comments:

Prabesh said...

धेरै राम्रो छ दीपक दाइ ।

तर एउटा कुरा नि । तपाईँको गजल पढ्न कस्तो अप्ठ्यारो लाग्छ मलाई । शायद मैले वाचन गर्ने शैली र तपाईँले वाचन गर्ने शैली फरक भएर होला । एकपटक तपाईँले गजल भन्नुभएको सुन्न मन लागेको छ । मिल्छ भने ब्लगमा नभए मेरो इमेलमा भएपनि पठाउनुस, न ल दीपक दाइ । मलाई तपाईँको वाचनशैली साह्रै सुन्न मन लागेको छ ।

Aakar said...

मैले अहिलेसम्म गजल भन्ने कुरो लेख्ने प्रयास गरेको छैन तर अरुले लेखेका गजलहरुलाई भने म बुझ्नसक्छु ।

जगाए पँक्षिले प्रभातसंगै दुरदेशमा ,
तिम्रै यादले दिनभर छातिभित्र चस्किएँ ।

listen bulbul ( a gazal progarm ) in aakar live...

Dilip Acharya said...

शायद मैले पहिले पनि कतै कमेण्ट गर्दा लेखेको थीएँ, तपाईको गजलमा पीडा भित्र पनि रोमान्च लुकेको पाउँछु म।

गजल वा कविता जे भने पनि तपाईको 'रचना' मा मानविय संबेदनाको पक्ष सरल हुँदा हुँदै पनि गहिरो ढंगमा छाप छाड्ने गरी रहेको पाउँछु म ।

यो गजलमा यि दुई शेर साह्रै मन पर्‍यो:
बिउँझिएर रातबिच एक्लो 'दीपक' देख्दा ,
पहिरोले धाँजा फाटेको जमिनझैं धस्किएँ ।


जगाए पँक्षिले प्रभातसंगै दुरदेशमा ,
तिम्रै यादले दिनभर छातिभित्र चस्किएँ ।

Anonymous said...

Nice one! especially the last two lines...
जगाए पँक्षिले प्रभातसंगै दुरदेशमा ,
तिम्रै यादले दिनभर छातिभित्र चस्किएँ ।
I really liked it.

Unknown said...

उजेली जी म प्रयास गर्नेछु मेरो गजलहरु आफैं वाचन गरेर सुनाउन , कतिले स्वर राम्रो छैन भन्छन मलाई अनि कतिले स्वरको तारिफ गर्छन केहि गजलहरु त म गाएरै पनि सुनाउने छु , क्यै गरी ब्लगमा , ईमेलमा सुनाउन सकिनँ भने पनि नेपाल आएको बेला भेटेरै सुनाउंछु नि हुन्न ?

आकार जी , तपाईंको गजल प्रतिको श्रद्दा त आकार लाईभले भनिसकेको छ । बुलबुलसंग दुई साँझ साह्रै रमाइलो बिताएं मैले पनि ।

दिलीपजी र दीपेन्द्रजीलाई धन्यवाद ।

Aakar said...

यहाँ गजल बाचन को कुरा पनि उठेछ । थाहा छैन गजल कसरी बाचन गरिन्छ , या लयबद्ध गाइन्छ । म चाँहि त्यही बुलबुल कै बाटो पछ्याउँछु, बुलबुल का अच्युत घिमिरे ले बाचन गर्ने तरिका मलाई औधि मन पर्छ अनि म पनि उनै को सिको गर्छु ।

Unknown said...

वाचन कलामा या गायन कलामा पोख्त नै छु भन्ने देखाउनलाई हैन , साथीभाईलाई सुनाउं न त भन्ने हिसाबले जाँदा मैले पनि बुलबुलका अच्युत घिमिरेकै शैलीमा गजल वाँच्ने गरेको छु भन्नुपर्छ । गाउने कुरा चैं कुनैकुनै गजलमा लयपनि बनाएको छु मैले , कुनैदिन पक्कै सुनाउंछु ।

Anonymous said...

"बिउँझीएर रात बि च् एक्लो 'दिपक 'देख्दा
पहिरोले धाजा फाटेको जमिन झै धस्किए ।"
मन दुख्ने गजल लेख्नु भो ।

Anonymous said...

"बिउँझीएर रात बि च् एक्लो 'दिपक 'देख्दा
पहिरोले धाजा फाटेको जमिन झै धस्किए ।"
मन दुख्ने गजल लेख्नु भो ।