पछिल्लो यो गजल केहिदिन अघि लेखेर गजल ग्रुपमा देखाईसकेको भए पनि यता ब्लगमा राख्न अहिले साईत जुरेको छ ।
बाँझै पल्टेर मनपरी उम्रिएछ घाँस जिन्दगीमा
फूल रोपेँ मन बगर भै फूलेछ काँस जिन्दगीमा ।
न काढेर चोयाबाता धूरी जीवनको कस्न सकियो ,
अर्थीकै निमित्त केवल झ्याङ्गीएछ बाँस जिन्दगीमा ।
निर्मल नील गगन् झैं थ्यो सुक्यो कि मनको सरोवर ,
के फूल्थ्यो हेला कमल ति उड्यो राजहाँस जिन्दगीमा ।
खिईरहेकोछ नङ्ग्रा अनवरत उचेरा पल्टँदै ,
पोखिन्छ भाग लाउँदा कि त खोसिन्छ गाँस जिन्दगीमा ।
ऐया ! कहाँ भन्न सक्छ टोकेर आफैंलाई 'दीपक'ले ,
पिईरहेछ आफ्नै रगत बनेर डाँस जिन्दगीमा ।
7 comments:
यस्तै छ जिन्दगी को नियती,
के नै गर्न सकिन्छ, हैन र ?
राम्रो लाग्यो यो गजल जडितजी! सललल बगेको छ।
चुनिन्दा शब्द भाको गजल...
भावना राम्रो छ...त्यों भन्दा राम्रो चाहीं शब्द नै लाग्यो...
कस्तो उदेक ! व्यथित गजल पढ्दा पनि आनन्दको सास मिल्ने । दुखाइयुक्त भाव त काँडा निकाल्ने अर्को काँडा जस्तै पो बन्यो । यस्तै त हो यो खास जिन्दगीमा !!
जोतारे धाइ बा को प्रतिकिर्याले मन छोयो !
Tapaiko blog na hereko pani dherai po bhayechha. Khatara chha.
राम्रो छ...!!
Post a Comment