Sunday, December 27, 2009

गजल : बार बार जस्लाई ढोगीरहेछु

यतिबेला मसँग केहि छैन, मेरो मतलब ब्लगमा लेख्नको लागी केहि छैन । छ त केवल केहि गजलहरु जो कुनै निक्कै अगाडी नै त कुनै हालसालै लेखिएका छन् । बाँकीकुराहरु लेख्नको लागी दिमाग शुन्य छ भन्दा फरक पर्दैन । दैनिकीका धेरै कुराहरुसँग जुध्ने तयारीमा सायद ब्लगमा राख्ने कुराहरु लेख्न एकप्रकारले विश्राममा छ दिमाग भन्दा फरक नपर्ला । त्यसैले यसपटक केहिदिन अगाडीको यौटा गजललाई नै प्रस्तुत गर्दैछु । यसको बारेमा पछिल्लो पटकको गजल लेख्दा नै अस्पस्ट थोरै कुरा उल्लेख गरेको थिएँ । त्यो बेलापनि यस्तै केहि नभएको अवस्थामा यौटा गजल टाँस्नको लागी भूमिका लेख्दैथिएँ तर जब भूमिका भन्न सक्ने टिप्पणीको पहिलो वाक्य लेखेँ तब मैले त्यहीँ अर्को गजल देखेको थिएँ र सबैकुरा छोडेर त्यो गजल पुरा गरेर मात्र त्यसपटकको गजल ब्लगमा टाँसेको थिएँ । आउनुस् आज त्यहि गजल पढौं । आफ्नै जोखाई अनुशार औसतमा दरिने यो लगायत मसँग अरुपनि ६ वटा गजलहरु तयार छन् जस्लाई म क्रमश भाँती मिलाउँदै राख्दै जानेछु ।


अनियमित दैनिकी भोगीरहेछु ।
लाग्छ म कस्तो मनोरोगी रहेछु ।

संगालेर राखुँ त म छरपस्ट,
नबटुलिने घोगाघोगी रहेछु ।

कोहि चिमोट यो चाम्रिएको छाला,
लौ घसें खरानी, म जोगी रहेछु ।

किन हुँदैछ टाढा मनको हरी,
बार बार जस्लाई ढोगीरहेछु ।

बुझेर पनि यो संसारको लिला,
म मन रुवाउने सोगी रहेछु ।

कि म जिन्दगीको यो कारखानामा,
निरन्तर सोच्ने उद्योगी रहेछु ।

13 comments:

Aakar said...

तपाई को गजल पढि पढि,
म आफैँ नतमस्तक भइरहेछु !

Ashesh said...

कि म जिन्दगीको यो कारखानामा,
निरन्तर सोच्ने उद्योगी रहेछु ।

यहाँनेर एकदमै घतपर्यो । साह्रै राम्रो गजल....तारिफयोग्य!!

ametya said...

अनियमित दैनिकी भोगीरहेछु ।
लाग्छ म कस्तो मनोरोगी रहेछु .

मेरै मनकै कुरो उप्किएर आए झै भाति भयो ।

Yumesh Pulami said...

दीपक जी ! आफ्नो दिमागमा केही पनि फुर्दैन भन्नु हुन्छ तर दिमाग निकै सक्रीय रूपले ग़ज़ल लेखन मा लगाईं रहनु भएको छ - नत्र त यति मिठो स्वाद काहा निस्किन थ्यो र !

Unknown said...

बुझेर पनि यो संसारको लिला,
म मन रुवाउने सोगी रहेछु ।

यो शब्दमा म पनि निक्कै घोत्लिए! गजल होश त एस्तो अत्ति प्रसंग्सनिय लाग्यो मलाई त!!!

Commented by SANGAM KIRATI and was deleted accidently.

Pralad said...

ramroooo ramrooooo nikai ramro post

Dilip Acharya said...

वाह !

तपाईको गजलमा म आजकल साहित्यसंगै आध्यात्मिकताको पनि मिश्रण भएको पाउन थालेको छु ।

मलाई भने पुरै शेरहरुमा
किन हुँदैछ टाढा मनको हरी,
बार बार जस्लाई ढोगीरहेछु ।


एकदमै उत्कृष्ट लाग्यो ।

साँच्चै यो 'सोगी' चाहीँ अलि बुझीन है मैले ।

कृष्णपक्ष said...

आहा! टक टकी अडिएँ म प्रत्येक शेरहरुमा ...... वाह दीपक जी, असाध्य राम्रो लाग्यो ...जादु यस्तो गयो, कमेन्ट गर्ने शव्द छैन भन्दा फरक नपर्ने स्थिति भयो ।

डीआर न्यौपाने'सूर्य' said...

अति मिठो गजल दीपक जी! आशा छ तपाइको कपिमा थन्किएका अरु यस्तै जोशिला गजलहरु पनि पढन पाइने नै छ ।

दूर्जेय चेतना said...

साह्रै सुन्दर। अरु पनि थन्किएका यस्ता गजलहरु निस्किउन है। वाह!!

बिमल गिरी said...

Sarai mitha ra ghata lagda sherharu....Badhaichha Deepak jee...

Unknown said...

वाह, क्या गज्जब छ!!अती उत्तम गजल ।

Unknown said...

आभार यहाँहरु सबैलाई । आफुले औसतमा दरेको गजलले यति धेरै वाह! पाउँदा खुसी लागेको छ ।