यो मौनता कसरी तोडुँ भनुँ कसरी यो कथा लाचारीको ।
किन पालेँ यति साह्रै डर यो मनभरी दुनियाँदारीको ।
यि नै माथीका दुई हरफहरुले काम गरुन् ब्लगमा ठुल्ठुलै अन्तरालको खाडल बन्नुको अन्तरकथा बुझाउन । मैले नै अघि सरेर केहि नभन्ने विचार गरेँ या भनौं भन्न योग्य देखिँन बरु मैले त यौटा गीत लिएर झुल्केको छु (नअस्ताउँदै) ।
मैले छुन नसकेको मनमा बस्न कहाँ सकुँला
पसिसकेँ तर आँखामा अब खस्न कहाँ सकुँला ।
पुगेर यो कस्तो मोडमा अडियो हेर जिन्दगानी
बदलिएर सम्बन्ध पनि भईदियो आगो र पानी
खुकुलियो , फुक्दै गो प्रेमडोरो कस्न कहाँ सकुँला
पसिसकेँ तर आँखामा अब खस्न कहाँ सकुँला ।
देखेँ कस्तो अधुरो सपना जीवनमा जानीजानी
चर्किगए सारा ति सपना काँच जस्तै फेरीपनि
जोगी भएँ म प्रेममा खरानी घस्न कहाँ सकुँला
पसिसकेँ तर आँखामा अब खस्न कहाँ सकुँला ।
सहेर काँढा जिन्दगीमा लेखिरहेँ फूलको कहानी
झुकिएँ कि आज म आफैँ फूललाई काँढा ठानी
विष देख्दै अरुले म भित्र डस्न कहाँ सकुँला
पसिसकेँ तर आँखामा अब खस्न कहाँ सकुँला ।
13 comments:
वाह दिपकजी वाह! साह्रै मन छुने गीत राख्नुभयो! रुप र भाव दुबै उच्चकोटिका छन्।
तपाईको शुरुवाति शेर नै दामि लाग्यो है मलाई त:
यो मौनता कसरी तोडुँ भनुँ कसरी यो कथा लाचारीको।
किन पालेँ यति साह्रै डर यो मनभरी दुनियाँदारीको ।
एकदम स्तरीय रचना छ, सरल र सरस। तपाईका ब्लगगका अन्तरालका ठुला-ठुला खाडल पनि यस्तै एउटै रचनाले धेरैसम्म भर्न सक्छन दिपक जी ।
It is very nice Deepak ji !
heart touch one !!
दीपक जी को प्रतेक हरफहरुलाई समेटनु पर्दा
प्रेम प्रणय,मानबीय दु:ख,पिडा,ब्यथा र बेदना,
बियोग र बिरह,सामाजिक बिक्रिती बिसंगती र यथार्थ
र प्रेमको बहुरुप पाईन्छन। जटिल शब्द र शैलीको प्रयोगनै
दीपक जी को गीत को प्रमुख बिशेषता हो।
आँखाको संघारमा टेकिसकेपनि तर निर्धक्क मनभित्र पस्न नसकेको यो अधुरो र अपुरो अवस्थाको चित्र, प्रशस्त भावहरु भरेर उतार्नु भएछ गीतमा । मर्मश्पर्शी रचना, लेखन यात्रा निरन्तर बढोस ! ब्लग खाडलको प्रसंग यो दोश्रो पटक सुन्दैछु ,के ब्लग अनिवार्य विषय हो र ? मलाइ लाग्छ यो कहिले अस्ताउदैन, हो जरुर बेला बेला यस्तै रचनाहरुले पाठकसंग नजिकचाही बनाउछन । कहिलेकाही लामो अन्तराल पछिको भेट झन मिठो पो हुन्छ कि हैन र? यी यस्तै गरि ...।
"पसिसकेँ तर आँखामा अब खस्न कहाँ सकुँला ।"
मलाई भने स्थायीकै यो पङ्क्तिले कायल पारिरहे । विरोधाभाषमा पनि जुन संयोजनतिर भावना पग्लिसकेको छ, त्यसको चित्रण ज्यादै सरल र कोमल रूपमा गर्नुभएको छ । पीडाको पूकार भने कोर्रा जस्तै बन्छन् पाठकीय हृदयमा, खासगरी संवेदनशीलताले मक्किएको मुटु भएका हामी जस्ताको लागि ।
तपाईँको गीतिकारिता नै यस ब्लगको परिचय र विशिष्टता भन्ने लाग्छ र पनि ब्लगको नामअनुसारकै 'विविध' कुराको स्वाद पनि चुटुक्क छ । अतिशयोक्तिमा नपुर्याई हाकाहाकी यति भन्न सकिन्छ । यस्ता हरफको तिर्खा सधैँ लागिरहे पनि ब्लगमा ठूल्ठूला खाडल भने खोइ किन र कसरी परिराखेको छ, त्यसमा भने म तपाईँसँग समभाव राख्छु दीपकज्यू । यो खाडल पुरियोस् ।
कस्तो राम्रो गीत दीपक दाइ !! यसलाई कुनै मिठो गायकले स्वर भर्नु हो भने त एकदमै उत्कृष्ट हुन्छ यो गीत !!
बाह दीपक जी कति सलल बगाउनु भएछ । पढेरहे पटक पटक्। साह्रै मिठो लाग्यो।
सारै राम्रो गीत
very good song
सुन्दर भाव दीपक जी !
धन्यवाद ! सबैलाई मेरो गीत मनपराईदिनुभएकोमा ।
कृष्णजी , ब्लग हुनत ईच्छाधिन विषय नै होला तर ईच्छाधिन विषयलाई नै प्रमुखता दिईने परम्परा भएकोले हुन सक्छ खाडलको प्रसँग उठेको र ब्लगको पोष्ट थप्न भएको अन्तराललाई भन्दा पनि केहि रचना गर्न भएको अन्तराललाई नै संकेत गरेको हो खाडलको कथाले ।
heart touch ------------
keep it up .
Post a Comment