Sunday, July 27, 2008

अबोध परेलीहरुको बारेमा

केहिदिन अगाडी देखि नै मैले ब्लगमा अबोध परेलीहरु नामको यौटा कसैले नसुनेको गिती एल्बम सुन्न उपलब्ध गराएको थिएँ तर त्यसको बारेमा केहि लेखेको थिईनँ । कसरी लेखौं के लेखौं भनेर सोच्दै त थिएँ तर लेख्ने ताक कहिल्यै परेनछ त्यसैले आज जे त परोस यसरी नै लेखिदिन्छु भन्दै लेख्दैछु ।

झण्डै वर्ष दुईवर्ष अगाडी देखि मेरो ब्लग नियमित पढ्नेलाई त अबोध परेलीहरुको बारेमा थाहा छ होला तर शुरुवात देखि मेरो ब्लग पढ्ने शुभेच्छुक ज्यादै थोरै छन र लिखित कमेण्ट गर्दैनन । जे होस अबोध परेलीहरु नामको यो अल्बम पनि बजारमा निकाल्ने सोच थियो मेरो तर एक अञ्जुली मायाको हविगत देखेर त्यो मन मारें । मैले एक अञ्जुली मायाका दश गीतहरु शुरुमा रेकर्ड गराउँदा त्याँहा रुवि जोशीको स्वरको र प्रदिपराज पाण्डेको स्वरको गीतहरु थिएनन , शट्टामा त्याँहा सुधा शर्मा र टिका भण्डारी / दीन्जु कार्कीको स्वरको गीतहरु थिए जो अहिले अबोध परेलीहरु नामको एल्बममा क्रमश नम्बर ७ र ८ ट्र्याकमा छन ।

एक अञ्जुली मायाका दश गीतहरु नेपालमा रेकर्ड भएर मलाई पठाईएको बेला थियो , मेरो एक जना घनिष्ट मित्र (महिला) ले मलाई सुधा शर्मा र दीन्जु कार्की तथा टिका भण्डारीको स्वरमा भएको गीतले एल्बमको वजन घटाउंछ अत अरु दुई वजनदार गीतहरु तिन्को शट्टामा बनाउनुहोस भन्ने सल्लाह दिनुभयो । वहाँको तर्क ' तपाईंलाई कसैले चिन्दैनन , पहिलो पल्ट एल्बम निकाल्दैहुनुहुन्छ र त्यसैमा तपाईँकि छोरी र भान्जी ( क्रमश दीन्जु कार्की मेरी छोरी र सुधा शर्मा मेरी भान्जी ) को गीतहरु राख्नुभयो भने मान्छेले राम्रो मान्दैनन ' भन्ने थियो ।

अलिक त म रनभुल्लमा परेको थिएँ । किन मान्छेहरुले त्यस्तो सोच्छन र ? कसैलाई नयाँ प्रस्तुत गर्नुपर्दा त्यसरी नै गर्न उपयुक्त हुन्छ भन्ने मेरो ठम्याईले पनि ठाउँ छाड्यो । होला पनि भन्ने लाग्यो र टाउको दुखाउन तिर नलागेर थप दुई गीतहरु रेकर्ड गर्न पठाएँ जुन रुवि जोशी र प्रदिपराज पाण्डेले गाउनुभएको छ । एक अञ्जुली मायाको लागी गीतहरु पुग्यो तर दुई गीतहरु अलपत्र हुनेभए ।

अब समस्या ति दुई गीतहरुलाई के गर्ने भन्ने भयो । टिका दाईसंग सल्लाह गरेर अलि कम लगानीमा अर्को यौटा एल्बम बनाउने , सुधा र दीन्जुलाई मात्र निकाल्ने , ति उब्रिएका ( पहिले नै रेकर्ड भै सकेका ) दुई गीतहरुमा अरु ६ वटा गीतहरु थपेर आठवटाको अर्को एल्बम तयार गर्नेजस्ता सल्लाह भए । मैले बाँकी ६ वटै गीतहरु अरु अरु गीतकारहरुको गरौं र अलग अलग संगितकारहरु राखौं भन्ने कुरा राखें । टिका दाईले हैन सबैमा संगीत मै गर्छु बरु थप दुई गीतहरु तपाईंको राखौं बाँकी चारवटा म खोज्छु भन्नुभयो र त्यसै गरियो । त्यसो गर्दा मैले लेखेका थप दुई गीतहरु अहिले ट्र्याक दुईमा रहेको दिन्जुले गाएको 'मेरा साना हातहरुमा' भन्ने र ट्र्याक ३ मा रहेको सुधाले गाएको 'मलाई सपना नदेउ' भन्ने , एल्बमको शिर्ष गीत मानिएको परेका छन । अर्थात मेरो ब्लगमा राखिएको अबोध परेलीहरुको प्लेयरमा ट्र्याक २ , ३ , ७ र ८ मा भएका गीतहरु मेरा शब्दहरु हुन भने ट्र्याक १ को शब्द गीतकार ज्ञानेन्द्र गदाल दाईको र ट्र्याक ४ , ५ र ७ का शब्द सरुभक्तको रहेका छन र आठैवटा गीतको संगीत संयोजन टिका दाईले ( संगितकार टिका भण्डारी ) गर्नुभएको छ । यसरी यो एल्बम तयार भै सक्दा उता एक अञ्जुली माया को विमोचन गरिसकिएको थियो तर बजार लिन सकिरहेको थिएन ।

यसरी आठ वटा गीतहरुको यो एल्बम तयार पारेर पनि विभिन्न कारणहरुले अहिले सम्म बजारमा लान सकेको छैन । केहिदिन अगाडी देखि ब्लगमा राखेको त थिएँ तर यस्को परिचय सम्म दिएको थिईंन । त्यसैले आज यति लेखेँ । आउनुहोस् आज तपाईँलाई म मेरी छोरी दीन्जु कार्की संगपनि परिचय गराउँछु । २०५६ साल जन्मिएकि मेरी छोरी हाल भारतको पश्चिम बंगालमा पर्ने सिलिगुरी / सिलिगुडी ( हामी गाउँले जिब्रोले सिलगढि पनि भन्छौं ) मा मेरी दिदीको घरमा बसेर पढ्दैछिन् र पछिल्ला ३ वर्ष देखि संगीत पनि सिक्दैछिन् ।

उनको यो तस्विर काठमाण्डौमा गीत रेकर्ड गराउन गएको समयमा खिचिएको हो ।

9 comments:

Basanta said...

साह्रै सुन्दर र मायालाग्दी छन् दिञ्जु छोरी। उनलाई धेरै-धेरै माया र सुन्दर भविष्यको कामना।

एल्बमको बारेको जानकारीको लागि धन्यबाद।

Basanta said...

साह्रै सुन्दर र मायालाग्दी छन् दिञ्जु छोरी। उनलाई धेरै-धेरै माया र सुन्दर भविष्यको कामना।

एल्बमको बारेको जानकारीको लागि धन्यबाद।

Dilip Acharya said...

यौटा त हामिकहाँको "स्थापितहरुको" बिचमा नया सर्जकको प्रवेषको मार्ग निक्कै साँगुरो र जटिल छ ।

बजारमा "नाम" बिक्छ, 'सृजना' होईन । तर तपाईको लगनले पक्कै पनि उचित परिणाम लेराउनेछ भन्ने आशा गर्छु ।

बाँकि तपाईको छोरिसंग पनि परिचय गराईदिनु भएको मा धन्यवाद्। राम्रो स्वरको धनि रहिछन र गित पनि मिठो छ। उनको शैक्षिक क्षेत्रमा पनि उत्तरोतर प्रगतिको कामना सहित !
दिलीप आचार्य

Aakar said...

जानकारी को लागि धन्यवाद !
अनि अर्को कुरो नेपाली कलाकर्मी को पिडा को प्रतिनिधित्व तपाई को यो कथा ले गर्छ ।

कैलाश said...

दीपकजीको ब्लगमा केही समयअघि पनि यस्तै प्रसंगको एउटा पोष्ट राख्नुभएको थियो। त्यसमा कमेन्ट गर्न निकै मन भइकन पनि गर्न सकिन। आज चाही गर्नैपर्यो। cute रहेछिन् छोरी । गीत सुन्न पाको छैन । तर सुन्छु समय मिलाएर । सानै उमेरदेखि संगीतमा साधना गर्दैरहेछिन् दीन्जु। शुभकामना छ। यो क्षेत्रमा दीन्जुको पाइला अघी बढीरहोस सदा सदा।

आकारजीले भनेझैँ यो गीत संगीत क्षेत्रमा लागेका धेरैको पीडा र भोगाई हो। मेरै वरपर साथीहरु छन्, जसलाई औलामा गन्न पनि भ्याउँदिन- जो गीत संगीतको क्षेत्रमा लागी परीरहेकै छन् घोटिदै आइरहेका छन्। तरपनि एउटा एल्बम निकाल्नलाई दाँतबाट पसीना आउँछ। अनेक गरेर रेकर्ड त गराउँछन्। तर बजारमा ल्याउनलाई त्यो भन्दा धेरै खर्च र दौडधुप गर्नुपर्ने रहेछ ।

म पनि गीत संगीतमा रमाउँने मान्छे हुँ । कलेजमा सिकी टोपलेको पनि। त्यत्तिखेर बाहिरबाट हेर्दा निकै रमाइलो अनि आकर्षित देखेथे मैले पनि । तर पछि बिस्तारै थाहा भयो- यसको भित्री लुकेको कुरा त धेरै रहेछन्। मेरा ३ जना साथीहरुले २ वर्षा अगाडी नै २/३ लाखको लगानीमा आ आफ्ना एल्बम निकाले। मार्केटमा पठाउन अझै सकेका छैनन्। म्यूजिक कम्पनीको शर्त अनुसार दीपकजीले अघिल्ला पोष्टमा लेख्नुभएजस्तै एकजनाले ५० हजारको सीडी पनि किने । त्यो सँगैको शर्त थियो। म्युजिक भिडियो बनाएर कम्पनीलाई बुझाउने अनि बल्ल मार्केटमा जान्छ ।

आफ्नो लगानी एकातिर, मेहेनत अर्कोतिर, अनि जीविकोपार्जनको समस्या पनि थाप्लोमाथि, अनि त frustration पैदा हुन पुग्छ कतिलाई। मेरा साथीहरु कहिलेकाही आफ्नो एल्बमलाई हेर्दै भन्छन् 'अब यो डस्बीनमै हाल्ने त होला नि?' यस्तो पीडा थुप्रै छन् मेरा वरीपरी । कुरा गरेर के साध्य र। एक अञ्जुली मायाको कारणले मन मारेजस्तै थुप्रैले मन मार्छन्। म पनि के के न हुन्छ भन्ने सोचेर हाल फाल्दै थिए। साथीहरुको पीडाले मलाई रोक्यो। अब मन मारेकै हो भन्दा गलत हुन्न।

नयाँ-नौला, Network नभएका अझ भनौ न चिनेजानेका मान्छे नभएका, अनि पैसा पनि नभएको खण्डमा कला, गला, सृजनाको मुल्य नै कहाँ छ र ? हुन त केही केही छोटै समयमा उचाई पुगेका पनि छन् । स्थापित गराउन सफल भएका पनि छन् । तर बेवास्तामा परेकाहरुको सागरलाई त्यत्तिले मात्रै मन के बुझ्ला र ?

यहाँ नाम हेरिन्छ सृजना हैन। नामैले निलेको छ देश यहाँ। आफ्नो परिवेश नै यस्तै भएपछि त भोग्नै पर्यो नि अब। हैन र ?

Unknown said...

धन्यवाद सबैलाई मिठो कामना सहितको प्रतिक्रियाको निंती । नेपाली गीत संगितको क्षेत्र हाम्रो बजार नै सानो भएर पनि प्रवेश अलि कठिन भएको होला तर यस्मा मैले जे गर्न सक्छु त्यो गर्दै जानुपर्छ भन्ने भावना मरिसकेको भने छैन म भित्र यति हो सजिलो गरेर अगाडी बढ्न नसकिने चाहिँ रहेछ ।

Job in Nepal. said...

Nice blog!

Jotare Dhaiba said...

ब्लगमा समाविष्ट गीतहरू सुन्ने सुयोग जुराउन नसके पनि गीत र एलवमका कथा र व्यथा पढ्न पाउँदा तपाईँको साङ्गीतिक लगावबारे नजिकैबाट बुझेजस्तो लाग्यो । एकातिर सिर्जनात्मक भोकले एलवम निकाल्ने उत्साह तथा उत्सुकता, अर्कातिर त्यसवापत पाइने हन्डरका उदाहरणहरू धेरै सुनिन्छन्, देखिन्छन् र पढिन्छन् पनि ।
प्रतिभा र लगनको यात्राले फूलमाला नभेट्दा मन ओइलाउनु स्वाभाविकै हो । जे होस् आस्थापूर्ण रूचि र एकोहोर्‍याइले एक दिन गन्तव्यमा पुर्‍याएरै छाड्छ । जडितजीले यो कुरा पक्कै बुझ्नुभएको छ । र त, एउटा एलवम प्रकाशनपछिको सुस्ताइबाट नथाकेर अर्कोको लागि जाँगर उमार्नुभयो ।
एलवम चल्न यहाँ गुदी राम्रो-भरिलो भएर हुँदैन, त्यसको नाम कत्तिको नक्कले चर्चाको लहरमा छ भन्ने कुराले अर्थ राख्छ । र पनि, हामी कुनै भनसुनको दौडधूपबिना रचनात्मक मनसुन दर्काइरहेछौँ । तपाईँको यस लगाबको लागि सलाम जडितजी । परिवारमै कलाकार पाउनुभएको रहेछ, भतिजीलाई (नातावादको साङ्ली लगाएको होइन, म पनि कार्की नै परेँ, तर मुडुला) पनि कलाकारी गोडमेल दिनुहोला । प्रगतिको लागि मङ्गल भन्छु ।

Unknown said...

धाईबाजी धेरै अगाडी देखि नै रचना मार्फत तपाईंलाई चिनेको भएपनि कलेजकलममा भर्खरै जसो तपाईंको वास्तविक नाम थाहा पएको थिएँ । जिज्ञासा म भित्रपनि थियो हामी यौटै घरका हौं कि भन्ने , यस्मा नातावादको साङ्लो लगाउने कुरै आएन नि , म चाहीँ लामा कार्की परें। तपाईंको मंगल शुभेच्छाको निंती हार्दिक धन्यवाद ।