Wednesday, July 02, 2008

गजल : भाँची राख

धेरै दिन भैसक्यो केहि नलेखेको आज त लेख्छु भनेको लेख्न लागेको कुरा अधुरै छ । त्यसैले केहि अगाडी ड्राफ्टमा राखेको यो गजललाई नै यहाँ राख्दैछु ।

उमेर औंलासंगै पितृको भाँची राख ।
हाईसञ्चो हुनेभो भनेर नाची राख ।
बाँचुञ्जेल पितृसेवा नगर्दा नि भयो ,
काजक्रियामा त गरें भन्न साक्षीराख ।
दुखसागरमै रहे छउञ्जेल जिउ ,
तराउ बैतरणी गाईको बाछी राख ।
खाली खुट्टा , आधाजिउले जुनी बिताए ,
वस्त्रदानमा सृजन्तैसंग काछी राख ।
बनाउ एक चौतारो दोबाटो खोजेर ,
सम्झनामा वरपिपलको गाछी राख ।
रहिनन लौ बुहारी अब प्रिय तिम्री ,
फेरेर नाउँ मन्दाकिनी , मिनाक्षी राख ।

रहेन बुहार्तन् अब तिम्री प्रियलाई ,
फेरेर नाउँ मन्दाकिनी , मिनाक्षी राख ।

मैले मक्तालाई सक्दो सच्याएको छु , अब हुन्छ कि ?

8 comments:

Dilip Acharya said...

सामाजिक प्रसंग र बिषयलाई गजव भावपूर्ण र मार्मीक तरिकाबाट उठाउनु भएको छ। हरेक शेर पढेपछी वाह!, वाह!! नभनि सुखै छैन ,।

बाँचुञ्जेल पितृसेवा नगर्दा नि भयो ,
काजक्रियामा त गरें भन्न साक्षीराख ।


यो शेर चाँहि बेजोड नै छ ।

तर अन्तिम शेर (मक्ता)चाहि राम्ररि बुझीन मैले, फूर्सत भयो भने यसो बुझाईदिनुस न , ल!

Unknown said...

धन्यवाद दिलीपजी ,

केहि अघि मैले यो गजललाई नेपाली गजल ग्रुपमा (मबि सिं जीले शुरु गर्नुभएको ) राखेको थिएं । त्यहाँ यसको चर्चा हुँदा रहिनन् बुहारी लौ अब प्रिय तिम्री भन्ने मिसरालाई प्रिय नरहेको अवस्थामा चर्चा गर्दै साथीहरुले मिनाक्षी , मन्दाकिनी शब्दलाई पौराणिक संज्ञा भन्दै प्रिय नरहेपनि ब्रम्हण्डझैं ब्याप्त छिन् भन्ने अर्थमा ढाल्नुभएको थियो तर मैले माथीदेखि नै मातापिता नरहेकोको अवस्थालाई नै समेटेको हुनाले तिम्री प्रिय अब बुहारी रहिनन् , बुहार्तनबाट मुक्तछिन् तसर्थ अब मनपरी गर भन्ने आशयमा फेरेर नाउँ मन्दाकिनी , मिनाक्षी राख भनेको हुँ ।

Prabesh said...

दीपक जी, तपाइँ र मेरो रूचि साहित्यमै रहेछ । खुशी लाग्यो । फेरि हामी त छिमेकी पनि रहेछौँ । मेरो घर चाहिँ मोरङ् हो ।
मेरो ब्लग हेरिदिनुभएकोमा धेरै धेरै धन्यवाद !
आउँदा दिनमा पनि यस्तै सहयोगको आशा राख्दछु ।

www.guffgaaf.blogspot.com

Unknown said...

धन्यवाद उजेलीजी , तपाईंको रोचक ब्लगमा म नियमित पस्नेछु र मेरो ब्लगमा लिंकपनि राख्नेछु है ।

Basanta said...

मिठो गजल! दिलिप दाइकै जस्तो मलाई पनि पछिल्लो शेर बिझाएको छ। माथि दीपकजीको 'स्पष्टीकरण' पढिसकेर पनि चित्त बुझेन:) त्यो शेरमा 'बुहारी'को शब्दको सट्टा 'बुहार्तन' शब्द प्रयोग गरेर र अरु काँटछाँट गरेर पूरै गजलको भावसंग मिलाउने हो कि? एउटा कुरो क्या:)

Unknown said...

धन्यवाद वसन्तजी , मैले सच्याउने प्रयास गरेको छु है ।

Dilip Acharya said...
This comment has been removed by the author.
Dilip Acharya said...

तपाईको भाव र सन्देशमा केहि फरक पर्दैन भने मलाई चाहि:

रहेन बुहार्तन् अब तिम्री प्रियलाई ,
फेरेर नाउँ मन्दाकिनी , मिनाक्षी राख ।


मन पर्‍यो ।
धन्यवाद् ।