Wednesday, January 27, 2010

गजल : कतै अड्ने डाली छैन

क्रम फेरी उहि पहिले नै लेखिएका तर ब्लगमा नराखिएका मध्येको अर्को यौटा गजलको परेको छ । समयान्तर र अवस्थाको समेत अन्तरले यसको मतला शेर मेटाएको छु । मेटाएको के भनुँ हाललाई लुकाएको हुँ ।


......................................
......................................
लाग्छ हुँ त्यो बगैंचा म उजाडिंदै गैरहेको,
फेरी हरियाली भर्ने जस्को कुनै माली छैन ।

भेट्नो जस्तै छुट्टिएँ कि हाँगापात दुबैतिर,
ईच्छा अडिने'थ्यो तर कतै अड्ने डाली छैन ।

बाध्य छु म हत्केलामै मुटुलिई खोजीगर्न,
भेट्दा तर स्वागतार्थ आरतीको थाली छैन ।

भन्थें चाल्नो भएको छ मुटु घोच्दा वचनले,
वचन् चाल्न खोज्दा तर त्यै मुटुमा जाली छैन ।

5 comments:

Yumesh Pulami said...

दिपक जी ! मैले त, तपाइँ कै शब्द सापट लिएर उहि कुरा दो-याए है ! ...
"भेट्नो जस्तै छुट्टिएँ कि हाँगापात दुबैतिर,
ईच्छा अडिने'थ्यो तर कतै अड्ने डाली छैन ।"

Basanta said...

राम्रो छ गजल! निराशाको क्षणलाई सजीवता दिएर शब्दमा उतार्नुभएको छ।

मतला कहिले पढ्न दिनुहुन्छ नि?

कृष्णपक्ष said...

भन्थें चाल्नो भएको छ मुटु घोच्दा वचनले,
वचन् चाल्न खोज्दा तर त्यै मुटुमा जाली छैन ।
अहा यो अन्तिम शेर ..... सबै शेरहरु उत्तिकै उत्कृष्ट छन, यो चाहि धेरै मन पर्यो मलाइ ।

डीआर न्यौपाने'सूर्य' said...

उदासतामा बहलाएको मनले निकै मस्त रुपमा खारेको छ गजललाई तर मतला शेर भैदिएको भए अझ राम्रो लाग्थ्यो की दीपक जी ?

Unknown said...

हार्दिक धन्यवाद प्रतिक्रिया लेख्नुहुने सबैलाई ।

वसन्तजी, यसको मतला राख्न नसकेर नै यहाँ नलेखेको हुँ । कैले पढ्न दिन्छु थाहै छैन ।