Sunday, January 10, 2010

गजल : नाङ्गिएको हेर

यसपटक पनि थपक्कै पहिले लेखिएका र ब्लगमा नराखिएका मध्ये यौटा गजल राखेको छु । यसबारे पहिले नै भनिसकेको छु धेरै केहि भन्नु नपर्ला तर गजल माथी गजल खप्नुको पीडा तपाईंहरुमाथी पार्न गएकोमा क्षमा चाहन्छु ।

तमाशा अहो! मान्छे बडा नाङ्गिएको हेर ।
हेर यो जुग शताब्दी नै बाङ्गिएको हेर ।

छैन मूल्य शिरटोपीको शरिर् परै रह्यो,
संस्कार नाङ्गो बाटोबाटै झाङ्गिएको हेर ।

हुद्दा हुद्दा ज्यामी कर्मी फेरिए पालैपालो ,
बाह्रहातै कामको मेलो टाङ्गिएको हेर ।

सर्यो अघि सरल मान्छे छिर्यो जुग फेर्न,
भव्य भो त्यै मान्छे फिर्दा उदाङ्गिएको हेर ।

किन लाग्थ्यो दैलोझ्याल काठका पो हुन् ति ता,
ढुङ्गे किल्ला सिमानामै पसाङ्गिएको हेर ।

3 comments:

Basanta said...

सान्दर्भिक भावलाई सशक्त रुपले उठाउनुभएको छ गजलमा।

Ashesh said...

अर्को मीठो गजल । समय सान्दर्भिक अनि कारूणिक...

Unknown said...

धन्यवाद बसन्तजी र अशेषजीलाई ।