Saturday, August 01, 2009

म सञ्चै छु - सबैलाई राम ! राम !

सबैभन्दा पहिले सबैलाई राम ! राम !

म सञ्चै छु - सोध्नुहुने सबैलाई हार्दिक धन्यवाद !

यावत कुराहरु प्रति चिन्तित आफु त छँदैछु तर चिन्तित त्यसरी छैन जसरी अघिल्लो पटक लेखेको थिएँ । भनिहालुँ म गुप्तबास बसेको कारण प्रति चिन्तित हुनुभएको मित्रहरु प्रति पो चिन्तित छु बरु । मित्रहरु ( केहि ) चिन्तित नहुनु पनि किन एकमहिना भन्दा अगाडी पछिल्लो टाँसोमा एकातिर डिसेम्बर २१ , २०१२ मा हुनसक्ने भनिएको महाप्रलयको बारेमा 'हाईपरडुम्पशन' भन्दै लेखेर अनि अर्कोतिर जाग्रम बस्दैछु भनेर ' तिमी नहुँदा पनि त खै रोकिएन समय….. ' भन्दै लेखेर ब्लगमा पस्नै छोडेछु । छोड्न पनि यस्तरी चटक्कै छोडेछु कि म ब्लगर पनि हुँ के भने जस्तो सम्म लाग्न थालिसकेछ । अझ अकबर र वीरबलको कथामा कताको जिली कताको गाँठी भनेझैं नै भयो मैले पनि कथा , कविता , गीत , गजल ईत्यादि लेख्छु भन्ने कुरा त ।

मलाई पक्का थाहा भै सक्यो यहाँसम्म पढिसक्दा तपाईंलाई झर्को लागीसक्यो अघिल्लो पटक मैले सुत्न झर्को लाग्छ भनेझैं नलाग्नु पनि किन हौ मैले पछिल्ला प्राय टाँसोहरु सबै ढिलो लेख्दै यस्तो र उस्तो भन्दै लेखेको हुन्छु । त्यसैले यो पल्ट जति भनें भनें म ब्लगमा लेख्न ढिलो भएको बारेमा केहि भन्दिंन , शट्टामा बरु धेरै लामो अन्तराल पछि लेखेको यौटा सानो टुक्रा , यस्लाई गजल भनुँ कि गीत के भनुँ भन्नेमा चैं आफैं दोधार छु है , स्वरुप गजलकै जस्तै भएको भएपनि लामो ( २६ अक्षर ) भएकोले भाँचेर राखेको हुँ , अब यो लौरो न हतियार पो भयो कि त ?

किन पिउनु पर्थ्यो र यो प्याला मैले
त्यो नशालु नजरले मताएपछि ।
भन्नेहरु सबैले मातेकै हो भने
त्यै नजरको नशाले धताएपछि ।

केहि बुझें होला केहि त बुझ्नै बाँकी
भन्न केहि सकेँ केहि बाँकी नै रहयो ,
चुपचाप नै तर बुझे जस्तै धेरै
बोल्दै नबोली आँखैले बताएपछि ।

खोज्दै हिँडिरहें सबै भिँडहरुमा
मिर्मिरे दुई आँखा देखिन्छ कि कतै ,
विर्षन चाहेर कहाँ सकेँ सजिलै
सम्झनामा त्यै आँखाले सताएपछि ।

चाहे झैं भन तिमी जेसुकै मलाई
नाम अरुले पनि मनखुशी दिउन् ,
गर्दिनं उजुर बाजुर , उम्लिएर
विष्फोट हुँदा भित्रै तताएपछि ।

साथै आशा गर्छु अब लामो अन्तराल नबनाई ब्लगमा हाजिर हुन साथै तपाईंहरुको ब्लगमा पनि प्रतिक्रिया लेख्न आउन भ्याउने छु ।

17 comments:

Unknown said...

वाह! वाह!! दीपक जी क्या छ आफ्नो सम्पुर्ण बृतान्त सहित पो प्रस्तुत हुनुभयो लहै वेलकम ब्याक भन्दो रहेछन गोराहरु तपाईँलाई पनि वेलकम ब्याक है

"किन पिउनु पर्थ्यो र यो प्याला मैले
त्यो नशालु नजरले मताएपछि ।
भन्नेहरु सबैले मातेकै हो भने
त्यै नजरको नशाले धताएपछि "

क्या छ लहै म त दङ्गदास भएँ तपाईको गजल देखी अझि लेख्दै जानुहोला। धन्यबाद।

wordflows said...

धेरै दिन पछि आउनुभयो। एकदमै मजबूत टासो लिएर।

दूर्जेय चेतना said...

लौ खुसी लाग्यो त तपाईलाई धेरै दिन पछि पढ्न पाउदा। जीबन यस्तैहो घाम छाया। यो प्रक्रिया चलिरहन्छ र आफ्नो काम पनि गर्नु पर्दो रहेछ। धेरै दिनको तिर्खा मेटायो यो गजलले भनु गीतले। धन्यावाद ।

Unknown said...

Deepak jee Welcome back after a long gap.
Thanks for sharing such a nice Gajal.

Aakar said...

देर आए, दुरुस्त आए ! भनेजस्तै गर्नुभयो नि ! अत: तपाईलाई हराउनुभयो भन्न मिल्दैन ।

Basanta said...

राम! राम! जडितजी! हराएपछि यस्ता रचनाहरु फुर्छन् भने कहिलेकाहीँ हराउनुस् यार, हामी सहौंला तपाईँको अभाव:)

Dilip Acharya said...

धेरै दिन हराएर आउनु भयो । बीचमा म पनि तपाईको ब्लगमा चिहाउँदै-फर्किँदै गर्दैथिएँ।

आकारजीकै शब्द सापट लिन्छु म पनि :देर आए, दुरुस्त आए !

Jotare Dhaiba said...

हो भन्या, तपाईंको अभावले चिमोटेकै हो । तर सिर्जनशीलता त्यो एकान्तवासमा
पनि जल्दोबल्दो रहेकै रहेछ । तर बुलन्द रचना आउने नाममा यसरी कोही हराएको त सहन सकिन्न है, मैले त भनिदिएँ ।

ढिलो आउनुभए पनि ठीकठाक हुनुहुँदो रहेछ, खुशी लाग्यो । आफ्नो कथा यही रचनामा आएको छ-

"केहि बुझें होला केहि त बुझ्नै बाँकी
भन्न केहि सकेँ केहि बाँकी नै रहयो "

सुस्वागतम ।

Anonymous said...

Welcome back! Liked your comeback post.

डीआर न्यौपाने'सूर्य' said...

जडित जी हराउदाको खल्लो त मैले पनि लिएकै हो । आगमनमा फेरि स्वागत । सिर्जनाका यि झोलिहरु खोतलीरहन पाउँ ।

Luna said...

heart touch--------
keep it up dear --------

बिमल गिरी said...

Deepak jee,
welcome back thanks alot.

रमा said...

'खोज्दै हिँडिरहें सबै भिँडहरुमा
मिर्मिरे दुई आँखा देखिन्छ कि कतै ,
विर्षन चाहेर कहाँ सकेँ सजिलै
सम्झनामा त्यै आँखाले सताएपछि '....

उसोभा हरेक दुइ दिनमा एक दिनकोलागी हराइदिनुस न :)

कैलाश said...

अस्ती के भनु के भनु भएर अलमलमा परेर केही नभनीकनै निस्के यहाँबाट सुटुक्क। आज चाहि भन्न मन लागेको छ "दीपकजी मीठो डबल'ग'को टाँसोसहित आउनुभएछ- गन्थन र गीत/गजल। क्या गज्जब कुरो छ"

Yumesh Pulami said...

साक्ची दीपक जी ... मेरो पनी उस्तै भै रहेछ |
... ब्लगको दुनिया बाट हराए जस्तो .... तर पनी तपाई त रेगुलर नै हुनु हुन्छ .... न त मित्र हरुको ब्लग तीर चियाउन भया'छ न आफ्नो ब्लग मै ... खुडा पाकाउन !

कृष्णपक्ष said...

चटक्क माया मारेको पनि हैन,
कसै संग बाजी हारेको पनि हैन
म पनि हराएँ, एकान्त जेलमा
मन अन्तै त्यसरी सारेको पनि हैन..

Unknown said...

हार्दिक धन्यवाद ! तपाईंहरु सबैको स्नेह र स्नेहले युक्त प्रतिक्रियालाई ।