Thursday, August 27, 2009

कविता : नौ टुक्राहरु

मैले नछोएको भए
किन पोल्थ्यो र मलाई ?
आत्था !!
तर थाहा पाएँ
पोलाई कम् से कम्
छोएर आगो । १
**
उहि अनुभुती
कत्ति मिठो शैशबको
अज्ञानी हुँदा
तर
नमिठो आज
ज्ञानी भएर । २
**
छ के ज्ञान
भकारीमा
तिम्रो मथिङ्गलको ?
आफैंलाई
के प्रश्न गर्ने ?
शँका लाग्छ । ३
**
धरोधर्म !
जून ओर्लिएन
तिमी आउँदा
मुस्कुराएँ तर म
देखेँ
जून त्यहिँ थियो
तिमी जाँदा । ४
**
काँधमै छ
हतियार
पर्दैन अब
यौटा खुट्टा टेक्न
पखेँटा निकाल्न
भाले जुधाईमा । ५
**
उ त्यही त हो
पख्लास् !
चोर औंला देखाएर
कस्ले कस्लाई भन्ने ?
कृतघ्न मान्छे । ६
**
तिम्रै कुरा फेरी
चल्छ भुमरीझैं
नगरुँ भन्छु
आँखिर
म पनि त मान्छे । ७
**
चिन्न सक्यौ भने
काट्टिकुट्टी
रुप यहि
तर भोलीदेखि
देख्नेछौ
अनुहार अर्कै । ८
**
मान्दै नमानेपछि
चार कोण चारै दिशा
हिँडीरहेछु म
एकनाश
मै तिर क्रमश क्रमश । ९
***
आज बल्ल लेखेको , यो खै के लेखेँ कुन्नि ? अन्तर्गत बिधा कविता नै होला भन्ठानेर कविता भनेको छु ।

9 comments:

आकार said...

कविता भनौँ नभनौँ आफ्नो ठाउँमा छ तर पनि आफ्नो विचार, मन मा उथलपुथल भएका भावहरु सरल रुपमा ब्लगमा पोखिएकाछन् ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

दीपकजी, तपाइको यो कविता केही रोचक केहि घोचक र केहि रहस्यले भरिएजस्तै लाग्यो । किन किन यसको वहाव अत्यन्त मन परे ,,के थाहा तपाइको यो शैलीसंगै कतै नया विधाको पो सृजना हुने हो कि?

Dilip Acharya said...

(हाईकु भन्दा लामा छन, तर मुक्तक जस्ता पनि लागेनन्, बरु "दीर्घ हाईकु" नै भन्ने हो कि!)

तर जे भएपनि विधाको सरोकार राखीन मैले पनि ।

तर रचना प्रष्ट र उत्कृष्ट छन है ।

gufgaf.com said...

धरोधर्म !
जून ओर्लिएन
तिमी आउँदा
मुस्कुराएँ तर म
देखेँ
जून त्यहिँ थियो
तिमी जाँदा ।

यो चैँ एकदमै यथार्थपरक अनि राम्रो लाग्यो !!

सूर्य/सिकारु said...

मलाई पनि कविता भन्दा नै उत्तम होला जस्तो लाग्यो तर जे भएपनि निकै रमाइला र भावार्थ लागे यि रचना ।

Sujan Sharma said...

वाह ! वाह! दीपक जी यति राम्रा अनि मिठो कविता को लागी धन्यबाद !

Luna said...

तिमी तिमी तिमी
तिमी नै तिमी
अहा ! थोरै हुन पाए
तिमी भित्र म पनि ----
~~~~
अहा ! कसरी पौडन्छौ तिमी
छेउ देखी केन्न्द्र सम्म
मुटु भित्र भित्र को
त्यो तलाउ मा ---
~~~~
पिएर पनि
कहिल्यै नमेटिने तिर्सना त्यो
बिर्सन खोज्दा
कहिल्यै नबिर्सने सम्झना यो ---
~~~~
तिमी तिमी तिमी
तिमी नै तिमी
अहा! थोरै हुन पाए
तिमी भित्र म पनि -----
~~~~~
के लेख्ने के नलेख्ने ! --------
तपाईंको कबिता भाब ले एकदम मन छोयो दिपक जि ------
तपाईंको कबिता छहारी मा सुस्ताउन पाईयोस सधैं भरी यसरी नै -----

Jotare Dhaiba said...

पक्का कविता नै हुन् यी, नभएको विधा किन भिडाउने वित्थामा ? कविता भन्नु सस्तो कुरा होइन नि ! मलाई भने यी नौ टुक्रा मध्ये मायाको भाव पोखिएको यो कविता विशेष प्रिय लाग्यो :
"तिम्रै कुरा फेरी
चल्छ भुमरीझैं
नगरुँ भन्छु
आखिर
म पनि त मान्छे ।"

दीपक जडित said...

हार्दिक धन्यवाद ! सबैलाई मिठो प्रतिक्रियाको लागी ।
हो यि सबै टुक्रा कविता नै हुन् भनेर मान्छु म पनि बित्त्थामा नभएको बिधा किन भिडाउने हो ? सहमत छु धाइबाजी तपाईंसँग ।