Monday, April 06, 2009

कविता : एक छ आकाशमण्डल

हेरीरहेछु म त्यो अगम्य नील नभमा
टेकेर बबुरो पाईला यो प्यारो जगमा । १
सक्दिँन पुगी विचार्न नाघेर त्यो परिधी
जतिछन चन्द्र सुर्य ति चम्किला तारादि । २
देख्छु केवल चन्द्र एक र अनेक तारा
खुलेको छ चन्द्रमा लिई सुर्यको सहारा । ३

*****************
गम्छु , हवुन् उज्याला यसैगरी मानवका मन
एक आपसमा सहयोग र साथ लिईकन । ४
गरुन् कल्पना सबैले चन्द्र ताराको एकसाथ
जूनेली फूलेको आकाशमा तारा हाँसेको रात । ५
आँखिर आउने नै छ रात दिनपछि क्रम त्यो
स्वप्न उज्यालो दिनको मात्रै पनि हुन्छ भ्रम त्यो । ६

******************
नदेखुँ ताराहरु छुटेर आकाश अलग खोजेका
ति सुर्य अनि चन्द्रमाले झन छुट्टै आकाश रोजेका । ७
छ आकाशमण्डल एउटै अनन्त एक नै केवल
विभक्त ठान्नु त्यो ब्यर्थ छ उठाएर पर्खाल देवल । ८
सोचेर अर्थ्यायो कुनै हातले चन्द्रतारा सँगै लेखी
छ सम्बन्ध यिनको आँखिर एकसाथ अनादि देखि । ९

केहि अघि माइसंसारको फोटो हेरी कविता लेख्ने पोष्टमा लेखेको यो कवितालाई आज ब्लगमा ल्याएको हुँ । यौटा बहाना थियो महाभारत कथा त्यो सकियो अब अगाडी केहि लेख्ने मूड चल्छ कि ?

11 comments:

chudamani said...

जडितजी कविता रमाइलो लाग्यो |
समायोजन या भनौ एकता आजको यूगको माग हो | सम्बन्धमै सनातन जीवन छ भन्ने मान्यता बोकेको यस कविताले परम्परा भत्काउने नाममा जीवनको बिरुद्दमा हिडिरहेको कुनैपनि सचेत नामको अचेत विश्वोप्रति पुन : चेतना भरोस |
धन्यवाद |

मिलन said...

कबिता पढ्दा रमाईलो लाग्यो .. अनौठो खालको वाक्यहरु...

>Jotare Dhaiba< said...

वाह वाह जडितजी !
मलाई त यो कविता पढ्दा कविशिरोमणि लेखनाथ पौड्यालको याद आयो ।
छन्दमा लेख्‍नुभएको हो या मुक्तलयमा हो, त्यो त आफू त्यस सम्बन्धमा अजानकार रहेकाले थाहा भएन । तर शब्द संयोजन र शक्ति तथा भावको सङ्लो वहाबका हिसाबले कविता उम्दा छ ।
अनेकतामा एकताको मूल्य र समानत एवम् भातृत्वको भावनालाई स्थापित गर्न यी दुई पङ्क्ति निकै शल्तिशाली लागे-
"छ आकाशमण्डल एउटै अनन्त एक केवल
विभक्त ठान्नु त्यो व्यर्थ उठाएर पर्खाल देवल "

अहिले देश-देशमा झाङ्गिएको जाति, क्षेत्र, सम्प्रदाय र लिङ्गगत आधारको साँध भत्काउन कलमकर्मीहरूको यस्तै पौरख पर्खिरहेछ समय । तपाईँको कलमलाई समयसँगै मेरो सलाम !

बेदनाथ पुलामी ( उमेश ) said...

दीपक जी लाइ साह्रै राम्रो अनि मिठो कविता को लागी धन्यबाद !

Prabesh Poudel "उजेली" said...

कस्तो राम्रो कविता दाइ !! महाभारतको बहाना सकिएपछि बेजोड कविता, गजल सुन्न पाइन्छन् कि अब निरन्तर रूपमा ??

सिकारु said...

मानवता र प्रकृतिको अन्योन्याश्रीत सम्बन्धलाई उजागर गरि समायोजन गर्नु भएको यो कबिता अति नै मन पर्यो मलाई पनि दिपक जी ।

Luna said...

दिपक जि !
कबिता अत्यन्तै सुन्दर लाग्यो ।
निरन्तरतर पढ्न पाइयोस !
२०६६ को शुभ कामना है ।

Dilip Acharya said...

धाइबाजीले भनेजस्तै शब्द संयिजन, गेयात्मकता र उच्च भावले कवितालाई साँच्चै स्तरीय बनाएको छ ।

तपाईका अरु कविताहरु भन्दा यसलाई 'अलग' पाँए मैले पनि।

बिमल गिरी said...

Deepak jee,
Happy New Year 2066 .
Kabita atinai sundar chhan. pragati ko lagi shubhakamana.

बिमल गिरी said...

दीपक जी,यो कबिता पढ्दा साचै नै लेखनाथ का झै लाग्छन।
कती मानिसहरुले आफ्नो कलमलाई अस्र बनाइ अरुको मन
घोच्ने काम गर्छन् मुटुलाई गोलिले होइन बोलिले प्वाल पर्छन
तिनिहरुले हाम्रा दीपक जी को श्रीजना किन पढ्दैनन?बिभिन्न प्रकार
का भाट लेख रचना लेखेर समय केर फाल्नेहरु को कमी छैन हाम्रो
देशमा। दीपक जी का पौरखी हातहरु सधैं जगत भरी फैली रहुन।
अन्त्य मा, नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना।

दीपक जडित said...

नयाँ वर्षको शुभकामना सबैलाई । कविता मनपराईदिनुहुने सबैलाई हार्दिक धन्यवाद । धाईबाजी , कवि शिरोमणीको कुरा उठाउनुभएको नै लाख भयो मेरो निम्ती तर यो चैं मुक्तलयमै लेखेको हुँ न्याय होला आफुलाई ।

विमलजी , तपाईंको स्नेहभावलाई सलाम । हामी धेरैले यस्तै कल्पना गर्छौं , यस्तै लेख्छौं , यस्तै सोच्छौं यो क्रम बढ्दै गैदिए मात्र पनि संसार सुन्दर हुंदै जाने कुरामा शँका रहन्न ।

चुडामणीजी , हार्दिक स्वागत छ तपाईंलाई मेरो साहित्य संसारमा । तपाईं मेरो ब्लगमा केहि अघिदेखि नै नियमित प्रवेश गरिरहनुभएको छ तर मैले भने बल्ल अहिले स्वागत गर्दैछु है । तपाईंको प्रतिक्रियाले मलाई बाटो देखाउनेछ भन्ने आशा राख्छु ।