Friday, April 17, 2009

गीत : तिम्ले पनि छोडी जाँदा

तिम्ले पनि छोडी जाँदा
यो मनै तोडी जाँदा
बेहाल मेरो झनै जिन्दगीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।


नसुने'सी बैगुनीले कुरै दोहोर्याई
नदेखे'सी झर्दा आँसु घाउ चहर्याई
छातीमा गड्ने तीर त्यै बोलीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।


रेटिए'सी मनभित्रै डोरी विश्वासको
मेटिए'सी बाटोहरु हेर्न सबै आशको
सपना बग्ने पानी झैं खोलीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।

8 comments:

aAkaR said...

यस्तै हो, तर पनि "मैले त बाँच्नु भन्दा मर्नु निको भो ।" यो चाँहि ठिक लागेन है !

Luna said...

oh! dear !
i hope it is not in ur real life---
i just wish it is just Gajal nothing els more ----
i have right to wish , so i did (coz i am ur fan , thats all )
very heart touch ---

बेदनाथ पुलामी ( उमेश ) said...

तिम्ले ... पनी छोडी जादा ...
के हो दीपक जी .... सधै .... घाइते र घाएल शब्दहरु प्रस्तुत गर्नु हुन्छ नि?
निकै मर्ममा परेर लेख्नु भाको जस्तो लाग्छ ।

>Jotare Dhaiba< said...

पीडाको पिरामिडले आकाशै छोयो है ।
र पनि यति चाहिँ थाहा छ रचनात्मकतामा तपाईँको मनको संवेदनशीलता यसमा पोखिएको छ ।

तर कसैको लागि मर्न चाहिँ कुनै हालतमा सकिँदैन, झन् हाकाहाकी घात गर्दै दिल तोडेर र छोडेर जानेको नाममा त त्यति विघ्न मनलाई धराशायी बनाइँदैन । यस्तो कमजोर अवस्था तर सच्चा मायाको तत्कालिक भावावेश मात्र हो भन्ने लाग्छ । अझ यसलाई त मीठो घुर्की भन्न सकिन्छ सम्बन्धको अन्त्येष्‍टिमा :)

कसैको जीवनमा पनि यस्तो प्रसङ्ग नआओस्, यो रचनात्मकतामै सीमित रहोस् । कला हरफले मनमा बाढी भने उरालिदियो, धन्यवाद !

Milan said...

गीत सलल बगेको छ...

निष्कर्ष चाहीं मेरो बिचार संग अलिक नमिल्ने परेछ...

बिमल गिरी said...

दीपक जी,
मनिस को जिन्दगीमा
कैले कुठाराघात को आभास
कैले मिठास को मधुमास।
यो आफ्नै आफ्नै भोगाइ हो भन्छु मत।
जे भए पनि शब्द सम्योजन र बिम्ब को प्रयोग
ले प्रतेक हरफहरु सुन्दर छन।
तर "मैले त बाच्नु भन्दा मर्नु निको भो" यो चाँही
अलिक नमिले जस्तो लाग्यो।

सिकारु said...

गीत मिठो लाग्यो जडित जी । मलाई पनि यस्तै लाग्छ गीतको भाव र आभास रचनामै सिमित रहोस ।वास्तविक बनेर नआवोस कसैको जिवनमा

Anonymous said...

रेटिए'सी मनभित्रै डोरी विश्वासको
मेटिए'सी बाटोहरु हेर्न सबै आशको
सपना बग्ने पानी झैं खोलीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।''
एक ठाँउमा बसेर धुरु धुरु रुने जस्तो पो भयो त! मार्मिक!!