Friday, July 25, 2008

उपराष्ट्रपति Jhaa चाहिँदैन

अपडेट गरिएको : समाचारमा फेरी चरेसानन्द ले दौरा सुरुवाल र ढाका टोपी लगाएको देख्न / सुन्नमा आयो । हगिसक्यो दौलो देख्यो भन्ने हाम्रो उखानै छ तर त्यो चरेसानन्दले दौरा सुरुवाल लगाएकोलाई त त्यो उखान अनुशार हेर्न पनि मिल्दैन किनकि उसले त हग्नेबेलामा दैलो नै खोजेन भन्दा हुन्छ ।

( सुन्दा अलि फोहोरी लाग्ने उखान प्रयोग गरेर लेखेकोमा कसैलाई मनपरेन भने अहिले नै माफ माग्छु तर कमेन्टमा भने ढुक्क भएर लागेको लेख्न सक्नुहुन्छ । )

यो चरेसानन्दले नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई अपहेलना गर्दै नेपालको राष्ट्रभाषाको पनि अपमान गरेको छ र संविधान विपरित बिदेशी भाषामा उपराष्ट्रपति जस्तो पदको सपथ लिएको छ तसर्थ यस्लाई तुरुन्त बर्खास्त गरियोस र अर्को सुयोग्य र राष्ट्रप्रेमी नेपालीलाई उपराष्ट्रपति चयन गरियोस । यो गद्दार Jhaa पट्टक्कै चाहिंदैन ।


( मेरो धारणा यस्तो हो हेरौं हाम्रा राष्ट्रप्रेमी दल र नेताहरुले के गर्दा गराउंदा रहेछन । )

______________________

मलाई उपराष्ट्रपतिको नाम पनि नेपालीमा लेख्न मन लागेन । जव उस्ले नेपालको उपराष्ट्रपति जस्तो गरिमामय पदको सपथ पनि संविधान विपरित हिंदी भाषामा लिछ भने म उसको नाम किन नेपालीमा लेखुँ ?

काकताली परेर उप राष्ट्रपति भएका , बिगतमा चरेस काण्डमा मुछिएर अझै सम्म ह्वास्सै गन्हाएका Paramananda भनाउंदा , स्वाभिमानी नेपालीको नाकलाई सात समुन्द्र पारीको देशमा पनि ठ्वांस्सै गन्हाउंदा , Jha ले उप राष्ट्रपति (राष्ट्रकै शिर) जस्तो गरिमामय पदको सपथ लिँदा नेपालको राष्ट्र भाषामा नलिएर हिंदी भाषामा सपथ लिएको बारेमा देशभर विरोध भै रहेको छ । म पनि आफ्नो ब्लगमा ति पाखण्डी उपराष्ट्रपतिको घोर विरोध गर्न चाहन्छु । त्यस्ता उपराष्ट्रपति चाहिंदैन हामीलाई । उनको विरोध तवसम्म नरोकियोस जवसम्म उनको राजिनामा आउंदैन । मलाई ठिक लागिरहेको थिएन यो उप राष्ट्रपति चुनिएकोबारेमा , पछिल्ला राजनीतिक घट्नाक्रमहरु देखेर मेरो नयाँ नेपालको हौसला त्यसै सेलाउंदै थियो त्यस्तैमा यो देख्नुसुन्नु पर्दा ति कागताली पारेर कुर्शी हत्याउने चरेसानन्द संगै हालका प्रधान मंत्री कोईराला र जेठो दल बनेर नाक मात्र ठड्याउने तर यौटा माखो मार्न नसक्ने माखोवादी ( माओवादी ) लाई पनि सराप्न मनलाग्छ तर मेरो श्राप तिन्लाई लागे पो त ? न तिन्लाई श्राप लाग्छ कसैको न सुझाव लाग्छ , त्यसैले त यसरी बन्दीछाडा भएर गति देखाउंदैछन त Jhaa जस्ता गद्दारहरुले ।

मैले ब्लगमा असल नागरिक हुनुको कर्तव्य पुरा गर्न सकेको थिईनं , यो भाते Jha र राष्ट्रपति यादवलाई शुभकामना लेखेर तर अहिले लाग्दैछ मैले ठिकै गरेछु , यादवलाई पनि राष्ट्रपति भएकोमा त्यसबेला शुभकामना लेखुँला जतिबेला उनले ईमान्दारी पुर्वक आफ्नो कार्यकाल सक्नेछन , अहिलेलाई बाँकि नै रहोस तर यो Jhaa लाई तुरुन्त कारबाही होस ।

5 comments:

Dilip Acharya said...

हिन्दि नबोलेर मातृभाषा मात्रै बोलेको भए पनि माफ गर्न सकिन्थ्यो ।

यस्तो जनताको कर पचाएर "ठूल्दाई" लाई खुशी पार्न खोज्ने भातमारा मलाई पनि चाहिदैन् !!!

Unknown said...

अलिकति त कडाई नपुगेकै हो यिन्लाई । मलाई त मातृभाषामा शपथ लिने कुरा पनि बिझाउँछ - जस्ले जे सुकै भनुन् । मातृभाषामा तव शपथ लिने प्रावधान होस् जब हामीकहाँ संघियता कायम हुन्छ र क्षेत्रविषेशमा सरकार बन्ने गर्छ । केन्द्रमा जुनसुकै मुल वा समुदायको भएपनि राष्ट्रभाषाको सम्मान गर्दै राष्ट्रभाषामै सपथ लिने चलन हुनुपर्छ ।

Aakar said...

हो-हो, यो चरेश काण्ड को नाइके उपराष्ट्रपति चाहिँदैन ।

ठरकि दादा said...

घुम्दा घुम्दै तपाईकोमा आईपुगें । रमाईलो ब्लग रे छ।
यो Jhaa भन्ने गद्दारको बिरोध गर्नै पर्छ ।

गद्दारिको पनि हद नाघेर गरेको यस्तो कार्यको बिरोध गर्नु भएछ खुशी लाग्यो ।

Unknown said...

आकार जी यस्तो स्यालहरुलाई उपराष्ट्रपति कसरी मान्ने ? तर पुन सपथ लिन लगाईयो भने केहि भन्न त सकिन्न तर यस्ताबाट कस्तो कार्यकालको अपेक्षा गर्ने ?

ठरकी दादा ? तपाईंलाई स्वागत गर्दछु मेरो ब्लगमा । गद्दार Jhaa को विरोधमा स्वर मिलाउनु भएकोमा धन्यवाद पनि ।