Monday, July 21, 2008

गजल : तिम्रो ख्याल आयो

एक्कासी अहो ! आज तिम्रो ख्याल आयो ।
यादमा तिमी सिँगारिने झ्याल आयो ।

लुक्यो कि अजंग सिँह म भित्रबाट ,
सामुन्नेमा फटाहा लोभि स्याल आयो ।

कटाक्ष जो देखें तिम्रो ऐना अगाडी ,
हरे ! मेरो त लौ मुखैमा र्‍याल आयो ।

तड्पीयौ कि त तिमी पनि विरहले ,
र तिम्रो याद यस्तरी छ्याल्ब्याल आयो ।

एक्लिएर 'दीपक' पग्लिँदा तापमा ,
शितल तिम्रो प्रेमको सिँयाल आयो ।

त्यसो त नेपाली गजल ग्रुपमा मैले राखे मध्ये धेरै गजलहरु दोषपुर्ण देखिएका छन् तरपनि मैले लेख्न छाडेको छैन र त्यही क्रमलाई जोड्दै यो यौटा गजल भर्खरै तयार भएको राखेको छु ।

3 comments:

Basanta said...

गजलप्रतिको तपाईँको लगनलाई सलाम!

म आफूलाई गजलमाथि टिका-टिप्पणी गर्न लायक त ठान्दिँन, तर एउटा साथीको नाताले केहि कुरा राखिहालौं।

दोश्रो शेरमा 'फटाहा लोभी स्याल' अलि नसुहाएको हो कि। तपाईँले यो गजलमा आत्मीय प्यारको भावना देखाउन खोज्नुभएको हो जस्तो लाग्छ तर 'फटाहा लोभी स्याल'ले त धोकालाई 'महिमामण्डित' गरेन र?

तेश्रो शेरको ले गजललाईनै प्रेममय भन्दा पनि 'कामवासना'युक्त बनाईदिएको छ। मान्छेको प्रेममा वासना पनि नहुने हैन तर प्रेममा 'प्रेम' सर्वोपरी र 'वासना' सहायकमात्रै हुन्छ। मलाई यो 'र्‍याल'को प्रतीक बिल्कूलै चित्त बुझेन।

चौथो शेर राम्रो हुँदाहुँदै पनि 'छ्याल्ब्याल' शब्द अलि नमिलेको हो कि?

Prabesh said...

I appreciate your desire to write. But dipak ji, i think you should concentrate on quality rather than quantity.I am reading your gazals frequently and unknowingly the charm is quite going down.Although your efforts are great,please try to have a real sense in gajal and i want you to give a bit more time in words selection. The words should have sense in writings but in some lines your sense have brought words.Dipak ji let the words bring the sense not the sense to bring words.
Please keep on writing....

www.guffgaaf.blogspot.com

Unknown said...

वसन्त जी र उजेली जीलाई अ मुल्य सुझावको निंती धन्यवाद ! अघिल्ला दिनमा तपाईंहरुको सुझावलाई ख्याल गर्नेछु ।