मर्म लेखेर गजलमा पियारी शेर शेरमा रुवायौ ।
मतला देखि मक्तासम्मै एक एक 'अक्षेर'मा रुवायौ ।
हिसाब दुरुस्त निकाली देखायौ माया कति गरेका थ्यौं ,
रुवायौ मलाई आँखिर पियारी थोरधेरमा रुवायौ ।
चर्चा बटुल्यो तिम्रो गजलले सुन्छु बजेको जहिंतहीँ ,
पूजाआजा , बिहेबटुलो अनि भोजभतेरमा रुवायौ ।
आत्मग्लानिले गलेर फत्तक्कै हररात आँखैमा बित्छ ,
सक्दिनं म श्वास फेर्न दिनमा , साँझसबेरमा रुवायौ ।
दुरी भुगोलको टाढा हुँदा नि गजलले आएर छोई ,
आँखिर पियारी 'दिपे'लाई घोप्ट्याई 'पएर'मा रुवायौ ।
म जिउँदै छु - मरिगा'को छैन भनेर त कम् से कम् साथीभाईलाई जानकारी दिनैपर्ने भयो भनेर यो पुरानो ( धेरै पुरानो पनि हैन ) गजल राख्दैछु । अझैपनि मलाई ब्लगमा नियमित देखापर्न गोडा दुई एक दिन लाग्न सक्ला । यो बिचमा मलाई खै गर्नुभएकोमा दिलीपजीलाई पुन एक पटक धन्यवाद भन्दैछु ।
3 comments:
लौ स्वागतम् दीपक जी ब्लगमा फर्केर आउनुभाकोमा। मैले त तपाईको चोटिलो यात्रा वर्णन या अनुभवलाई गजलको रुपमा या साधारण रुपमै भएपनि पढ्ने आशा राखेको थिए। त्यसैको पर्खाईमा तपाईको ब्लगमा छिर्दै गरेथे। अझैपनि आशा मारेको छुइन है। आफ्नो तानाबान मिलाइसकेपछि लेख्नुहुनेछ भन्नेमा म ढुक्क हुँदा कसो होला?
मर्म लेखेर गजलमा पियारी शेर शेरमा रुवायौ ।
मतला देखि मक्तासम्मै एक एक 'अक्षेर'मा रुवायौ ।
यस्तो वजनदार लेख्नुहुन्छ र त २-४ दिन तपाईलाई ब्लगमा नदेखेपछि सोध-खोज गर्न मनलाग्छ ।
चर्चा बटुल्यो तिम्रो गजलले सुन्छु बजेको जहिंतहीँ ,
पूजाआजा , बिहेबटुलो अनि भोजभतेरमा रुवायौ ।
यो पनि दामि छ, अझ एकदमै "सम्भाब्य" परिवेस समेत छ।
अनि म त तपाईसंग नेपाली भाषा पनि सिक्दैछु ! यो 'पएर' भनेको चाहि के होला त्यो नबुझेर मक्ताको अर्थै ठम्याउन गाह्रो भो !
प्रथम त कैलाशजी र दिलीपजीलाई मेरो खोजीनिति गर्नुभएकोमा धन्यवाद । कैलाशजी म अलास्काको बारेमा कुनैदिन त निश्चय नै लेख्नेछु ब्लगमा चाहे त्यो गजल कविता वा वर्णनकै रुपमा किन नहोस तर अहिले तत्काललाई मेसो पाईरहेको छैन कसरी लेख्ने , के लेख्ने भनेर ।
मेरो गजललाई वजनदार भनिदिनुभएकोमा धन्यवाद दिलीपजी । साँच्चै खुशी लाग्छ आफ्ना रचनाहरु अरुले मन पराईदिंदा । 'पएर' को जहाँसम्म कुरा छ यस्लाई मैले नेपाली भाषा नै हो भनेर लेखेको हैन है त्यसैले मैले कोष्ट दिएको छु । यो हिंदी या उर्दु कुनै हुन सक्छ हामीले खुट्टा भन्छौं उता शुद्द गरि भन्दा पयर भनिन्छ होला तर हामीकहाँ यसरी अरु भाषाबाट आएका आगन्तुक शब्द प्रयोग गर्ने चलन छ र अझ त्यसलाई हामी आफ्नै जिब्रोले आफ्नै स्वादमा ढालेर उच्चारण पनि गर्छौं यो त तपाईंलाई पनि थाहै होला । त्यस्तै हाम्रो गाम् घरतिर बोलिने( अरुनै भाषाको भएपनि ) शब्दलाई खुट्टाको शट्टा लेखेको हुँ है मैले । अब साहित्यमा यसरी जनजिब्रोले बोल्ने भाषा ठ्याक्कै लेख्न पाईन्छ या पाईंदैन यो वहसकै विषय बन्ला तर म भने के मा विश्वाश गर्छु भने यदी हामीले सबै आफ्नै भाषाको शब्द मात्रै लेख्ने सोच राख्ने हो भने अर्थात आगन्तुक शब्दलाई सकेसम्म प्रयोग नगर्ने कसम् खाने हो भने हाम्रो भाषा त सबै लुगा फुकालेर कट्टु मात्र लगाएर उभिएको मान्छे जस्तो देखिन्छ , भाषामा हामी गरिव छैनौं तर आगन्तुक शब्दले पनि उत्तिकै महत्व राख्छन है भन्ने कुरो मेरो । यहि पएर लाई हेर्ने हो भने चैं हामीसंग विकल्प नै नभएको हैन र पनि मैले लेखें नेपाली जिब्रोले बोलेको सुनेर ।
Post a Comment