Saturday, July 05, 2008

विदाई हवाईलाई

म आज साँझ ५ . ५५ मा माउईबाट हवाईयन एयरलाईन्स चढेर अधाघण्टा पछि ओहावो ( होनोलुलु ) झर्दैछु र त्याँहाबाट रात ९ . १५ मा अलास्का एयरलाईन्स चढेर अलास्का ( एँकरेज ) को लागी उड्दैछु । भोली बिहान ५ . १५ मा म त्याँहा पुग्नेछु । हवाईसंगको निकटतालाई अब म सम्झनामा लपेटेर लाँदैछु भने अलास्कासंग नयाँ सम्बन्ध जोड्न गै रहेछु ।

यतिखेर मलाई 'समय नै ईश्वर हो समयले हिँडाउंछ' भन्ने गीत याद आईरहेछ भलै म समयले हिंडाएर हैन आफ्नै रहरले ( अलास्का हेर्ने ) त्याँहा जाँदैछु । हवाईको विदाईमा निकै लामो गरेर लेख लेखुँला भन्ने थियो मनमा तर यतिखेर म धेरै केहि लेख्न सकिरहेको छैन । अलास्का पुग्ने उत्तेजना र हवाई छोड्ने खल्लोपनाको संमिश्रणले न्युट्रलमा बसेझैं महसुस भैरहेछ । हवाई छाडेपछि सबैभन्दा धेरै म यहि सुन्दर समुन्द्र किनारलाई सम्झनेछु । यहि किनारसंग मेरो गहिरो आत्मियता गाँसिएको थियो ।


6 comments:

Anonymous said...

What a great moment of reading blogs.

Aakar said...

नयाँ ठाउँमा झनै प्रगति होस् - शुभकामना छ तपाईलाई !

Basanta said...

तपाईँको यात्राको नयाँ चरणमा खुशी र सफलताहरु ओइरिउन् भन्ने शुभेच्छा ब्यक्त गर्न चाहन्छु।
हिममय अलास्कामा फुरेका तपाईँका सुन्दर रचनाजरु पनि नियमित पढन पाइने छ भन्ने आशा पनि राखेको चु।

Dilip Acharya said...

झिटि गुण्टा नै कसेर हवाई छाड्नु भएको हो कि अलास्ला घुम्न मात्रै हो ?

जे होस सफलताको लागी मेरो पनि शुभकामना ।

Anonymous said...

के छ दीपक दाई हामी लाई त अलास्का गएर माया मारेको न फोन नै गर्नु हुन्छ ।
न त ब्लग नै उप्डेट गर्नु हुन्छ ल ल ठीक छ हेरौ यो सुन्दर हावाई छोडेर ।
त्यो बिरानो अलस्का म कति दिन बस्न सक्नु हुन्छ हेरुला उही सताउने भाई बिज्ञान।

Unknown said...

धन्यवाद सबैलाई ।