Friday, May 23, 2008

ह्यापी बर्थ डे टु मी

२०३३ सालको जेष्ठ १० गते जन्मेको म आज २०६५ सालको जेष्ठ १० गते भै सक्यो । अहो ! म ३२ वर्षको भै सकेछु । शुभकामना छ मलाई जन्म दिनको । मैले आज मलाई जन्मदिनको उपहार स्वरुप यौटा गजल लेखेर दिएको छु । यसरी -

भन्लान 'दीपक' बल्दैछ आज ।
नगद् भै हात्हातै चल्दैछ आज ।

मलिलो त्यो मनको खेतैभरी ,
फूल्दैछ ए ! अझ फल्दैछ आज ।

दाईने उसैको चन्द्रमा परे ,
दुई हातै लड्डु , मल्दैछ आज ।

कान्ती अन्वारको देख्नेहरुले ,
बुझ्लान त भित्र जल्दैछ आज ?

उधारो काढेर जिन्दगीसंग ,
अन्वारमा खुशी दल्दैछ आज ।

नौका चलाई भवसागरमा ,
आँधी र तुफान छल्दैछ आज ।

पैंसठ्ठी , दश जेठ भईसक्दा ,
आयुमा वर्षथप् ढल्दैछ आज ।

6 comments:

Basanta said...

जन्मदिनको शुभकामना दीपकजी! तपाईँलाई जीवनका हर पाईलामा सफलताको शुभकामना!

गजल मिठो लाग्यो।

Anonymous said...

जन्मदिनको शुभकामना। लेखन यात्रा निरन्तर रहोस।

Anonymous said...

शुभकामना मेरो पनि।
गजल गजबकै रहेछ।

Unknown said...

वसन्तजी , समीरजी र केशवजी यहाँहरु तिनैजनालाई मेरो धन्यवाद छ - ह्रदयबाट ।

Aakar said...

यात्रा निरन्तर रहोस्, ढिलै भएपनि शुभकामना जन्मदिन को ।

Unknown said...

धन्यवाद आकारजी ।