Tuesday, May 13, 2008

गजल : मनहरु फाटेर गए

मनसंग मनहरु फाटेर गए
संधै हिंड्ने बाटोपनि काटेर गए
थाकीसके पर्खेर यता बस्नेहरु
पर्खाउंने जति सबै ढाँटेर गए
कति दह्रो कति अटल विश्वास थ्यो
विश्वास संगै लौ धोका साटेर गए
रिसराग झै झगडा केहि नभई
कलहको लठारोनै बाटेर गए
विचारमा ब्यावहारमा फरक् थे'न
तर सिद्दान्तको भाषण् छाँटेर गए
'दीपक'ले फाट्नुपर्ने कारण बुझ्दा
उल्टै उस्को मगज नै चाटेर गए ।

4 comments:

आकार said...

गज्जब को लाग्यो , यो गजल ....... मनहरु फाटेर गए ।
प्राय: गजलहरु किन मार्मिक हुन्छन् ? दिपक जि !

Basanta Gautam said...

मिठो छ गजल!

Dilip Acharya said...

निकै राम्रो गजल।

सबै शेरहरु एक से एक छन ।

सबैभन्दा मन परको चाहिँ यो गजलको मक्ता र

विचारमा ब्यावहारमा फरक् थे'न
तर सिद्दान्तको भाषण् छाँटेर गए

दीपक जडित said...

गजलको तारिफ गरिदिनुहुने सबैलाई धन्यवाद । दिलिप जीलाई मैले भन्नै पर्छ कि मलाई गजल लेख्नको लागी गजलका नियमहरु आउंदैन । मैले औपचारिक रुपमा सिक्ने चाहना भएर पनि अवशर पाईंन - तर लेख्छु लेख्नलाई ।

आकार जी , हामी आफुलाइ विझाएको बेला प्राय: यस्ता रचना कोर्ने गरेकाले हो कि मार्मिक भएको तर संधै त्यस्तो पनि हुंदैन ।