Wednesday, January 02, 2013

कविता : लाजको मर्नु

वर्षादी लगाएको मानिस
छाता ओढेर जुन सडकमा लमक् लमक् हिंडीरहेछ
त्यहि सडकमा निथ्रुक्क भिजेर
पिठ्युँमा पिउसो च्यापेकि आमा पनि हिंडीरहेकि छिन् ।

ओतमा हुनेहरुलाई
वर्षादी महोदयको पिरलो छ -
'ठुलो मान्छे, यो पानीझरीमा
यहि बस्तीकै चिन्ताले रुझेको हुनुपर्छ । '

बीस रुपैयाको घुम समेत नहुने आमा
यो देशभरी नै सस्तो भएकि छन्
मात्र यो बस्तीमा कसैले किन सोधखोज गरोस्?

यदि उनले,
यसै गरेर कुनै बखत पानीझरीमा जोगाएर
थुप्रै छातावालहरु,
थुप्रै वर्षादी महोदयहरु,
यहि सडकमा हुर्काएकि छु भनिन् भने
त्यो लाजको मर्नु मलाई पनि त हुन्छ ।

********

सबैलाई नयाँ वर्ष सन् २०१३ को हार्दिक मंगलमय शुभकामना !

No comments: