Sunday, January 01, 2012

कामना : सन् २०१२ को



म पश्चिममा छु
टाढाको पश्चिम, जहाँबाट अर्को पश्चिम छैन
पृथ्वीको सुदुर पश्चिम
ओ पूर्वको पृथ्वी
तिमीले मेरा पूर्वका सबै आफन्त र मित्रहरुसँग
नयाँ वर्ष मनाईसक्यौ
जापानमा
नेपालमा
कतारमा
यूरोप, अफ्रिका र अमेरिकामा
तिमीले देखाएको नयाँ वर्षको यो अनन्त उल्लास
कायम रहोस् 
सुदुर पश्चिममा म यतिखेर
नयाँ वर्ष पर्खिरहेछु
लोकहरु आतिशवाजीमा मस्त छन् 
म गोजीमा थोरै च्याउ बोकेर
२०१२ को ढोका 
मस्तिष्कको अर्को कुनाबाट खोल्न आतुर छु
यस्पाली मैले पनि ईश्वर समात्नु छ
आँखिर शिरमाथी त्यसैपनि १२ बज्नै लागेको छ
यसपटक बाह्रमाथीको बाह्रमा
मेरो यहि कामना हुनेछ कि
ईश्वर नसुन्नेहरुले सुनुन्
सुन्नेहरुले सुनाउन् 
नभेट्नेहरुले भेटुन्
भेट्नेहरुले चिनुन्
र सर्वत्र व्याप्त ईश्वर 
मैले पनि देखुँ 
सन् २०१२ आध्यात्म वर्ष बनोस् 
दुख भोग्न तयार छौं हामी सँधै
यसपाली ईशमय शान्ती प्राप्त होस् !

5 comments:

Dilip Acharya said...

सुन्दर रचना! सुन्दर कामना !!, मेरो तर्फबाट पनि नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना !!!

Luna said...

ईश्वर नसुन्नेहरुले सुनुन्
सुन्नेहरुले सुनाउन्
नभेट्नेहरुले भेटुन्
भेट्नेहरुले चिनुन्
र सर्वत्र व्याप्त ईश्वर
मैले पनि देखुँ --


great !

Jotare Dhaiba said...

कवितामा आएको सर्वजन हितायको कामनामा ज्यान थप्दै नयाँ वर्षको शुभकामना ! खुसी र शान्तिले बास गरोस् हृदयमा ।

प्रकाश समीर said...

शुभ अवसरको सुन्दर रचना!!
शुभकामना यहाँलाई पनि नयाँ बर्ष २०१२ को !!

Lok Bahadur Thapa said...

mero taraf bata pani hardik mangalmaya subhakamana!!!