Tuesday, November 08, 2011

गजल : धूलोमा खोज्नु मलाई

मनग्गे छु धूलोमा खोज्नु मलाई ।
काँतर म दुलोमा खोज्नु मलाई ।

जब भाग नै लगाई सक्यौ भने,
सबै भन्दा ठुलोमा खोज्नु मलाई ।

म दुर्लभ साथै महङ्गो पनि छु,
भेट्छौ तर तुलोमा खोज्नु मलाई ।

सम्बन्ध नै भए खोजीको आधार,
हुन्छु म खुकुलोमा खोज्नु मलाई ।

बल्दिंन; तर खोजी दीपकै भए,
चक्मक र झुलोमा खोज्नु मलाई ।

3 comments:

प्रकाश समीर said...

दीपक जी समय मिले सम्म यहाँको रचनाहरु म पढ्ने गरेको छु। राम्रो लाग्छ तपाईंको रचनाहरु, र यो गजल पनि त्यसैको निरन्तरतामा आएको छ। यहाँको साहित्यिक यात्रा जारी रहोस् ।

Chaitanya said...

सुन्दर !

Jotare Dhaiba said...

चकमक र झुलोको कुरासम्म आउँदा सुदूर गुफाको आवाज सुन्न पाए झैं कान छ्याङ्ग भयो । तर गजलका सेरभरि एकोहोरो रूपमा काफिया नै टड्कारो भएर आए, अरू सबै विलय भए जस्तै । यो मलाई मात्र लागेको हुन सक्छ । स्वाभाविक वहाबमा कमी छ ।