Monday, May 30, 2011

आलोहा !!

आलोहा !!


(हामीले नमस्ते भनेजस्तै भेटको सम्बोधन हवाईयनहरु 'आलोहा' भनेर गर्ने गर्छन् ।)

************

मेसो आज पनि जुरेको होईन ब्लग लेख्ने तर म जबर्जस्ती लेख्दैछु । लाग्यो केहि त लेख्नैपर्छ । के लेख्ने भन्ने कुरा चैं त छँदैछ । लेख्यो भने जे लेखेपनि हुन्छ - यत्ति थाहा छ । लेखेन भने न लेख्ने मेसो जुर्छ न लेख्ने कुरा फुर्छ ।


हवाईको गर्मीमा असीन पसीन भएर जिन्दगीको जाँतो फन्फन्ति घुमाउनु त छँदैछ । त्यो नौलो कुरै भएन । तर जिन्दगीको जाँतोको हातो छोडेर कैलेकाँहि मन ओकल्न कम्प्युटरमा बस्ने फुर्सद पनि त निकाल्न सकिन्छ ।

चाह्यो भने अवश्य सकिन्छ र सजिलै सकिन्छ त्यसैले यो पनि ठुलो कुरै भएन ।

हवाई आएको महिना दिन बढि भैसक्यो तर खै त यस्तो सानो कुरा पनि म त गर्दैन रहेछु । हो, म अलि मनमाफिक ढँगले हिँडिदिन्छु । र भन्ने गर्छु - 'आ! ब्लग पनि पछि लेखौंला, अहिले आफ्नो भरपर्दो ईन्टरनेट पनि छैन । सित्तैमा पाएको अर्काको ईन्टरनेट चलाएर पनि के ब्लग लेख्ने?'

यसो भनिरहँदा मैले छिट्टै आफ्नो ईन्टरनेट सेवा लिन्छु भन्ने अवश्य सोच्ने गर्छु होला । तर म न हुँ, गर्नुपर्ने थुप्रै कुरा गर्दिनं खै किन हो ।

आजभने अर्काको सित्तैको ईन्टरनेटमै किन नहोस् । लेख्ने खुराक नभएको अवस्था रहेकै किन नहोस् । ब्लग खोलेर जबर्जस्ती केहि लेखुँ न कस्तो हुँदो रहेछ भन्ने भयो । आजभोलीको अवस्था रचनात्मक कामकुरा गर्न नसकिरहेको भएपनि मलाई मेरो क्यामेराले साथ दिएको छ र तस्वीरहरु खिचेर कविता लेख्ने, गीत रच्ने ईत्यादिको तिर्सना मेटिरहेछु ।

बस् यत्ति नै त हो आजलाई भन्नु ।

माहालो !!
(भेटमा 'आलोहा' भनेझैं छुट्टिनुपर्दा भने हवाईयनहरु 'माहालो' भन्ने गर्छन्।)




6 comments:

Jotare Dhaiba said...

आलोहा !
तस्बिर खिच्ने कामले कयौं दिनसम्म साहित्य सिर्जनालाई पर धकेलिन्छ, मलाई पनि हुन्छ यस्तो । यसका साथै खिचेका तस्बिरमध्य कतिपयले नयाँ साहित्यिक रचनाका लागि हुटहुटी पनि जगाउँछन् ।

'सुविधा'को इन्टरनेटबाट भए पनि एउटा पोस्ट आयो । तर यो खाली ठाउँ भर्ने उपक्रम मात्र हो है, छिट्टै आफ्नै बन्दोबस्तबाट नियमित सफर सुरु होस् ।
'धन्यवाद'लाई हवाइयनहरु के भन्छन्, थाहा भएन । धन्यवाद नै भन्छु पोस्टको लागि ।

साहित्य संसार said...

धेरै पछि आलोहा गर्न आएँ, सुन्दर तस्विरहरु खिच्नु भयो दीपकजीले ! पढिरहन पाउँ ।

Dilip Acharya said...

माथी आफैँले भन्नु भा'छ "लेख्यो भने जे लेखेपनि हुन्छ" । ब्लग त्यस्तै हो नलेखे अनन्त विषयहरू पनि पन्छिनछन् भने लेख्ने हो भने विषय आफैँ बन्छन् पनि ।

पोस्टका दुईटा तस्विर पनि कविता नै हुन (वा कविता भन्दा कम छैनन् भन्दा सही होला)

बसाइ छिट्टै व्यवस्थित र सहज होस अनि लेखाइ नियमित !!

Unknown said...

हार्दिक धन्यवाद धाइबाजी, दिलीपजी र कृष्णपक्षजीलाई । अवश्य पनि कोसिस रहनेछ नियमित लेख्नलाई ।

Chaitanya said...

आलोहा दीपकजी !
हवाईका तस्बिर खुब राम्रा लागे | कुराकानी पनि रमाइला नै छन् | ब्लग लेख्दै गर्नुहोला है !
माहालो

Yumesh Pulami said...

दिपक दाइ - आलोहा !!
दिपक दाइ ले - कहिले अल्छी लागेर लेख्न मन नलागेको कुरा त , कहिले धेरै पछी पोस्ट गर्दै गरेको कुरा गर्दै पोस्ट गरेको कुरा धेरै पटक दोह्याई रहनु भएको छ ...... जेहोस पोस्ट गर्न भने रोकिएको छैन ... तर जसरी लेख्नु भए पनि पढ्दा भने उहाको गफ सुने झैँ लाग्ने भन्या !
म त आज यो ब्लगमा पनि निकै पछी झुल्किए छु !