Tuesday, July 12, 2011

कविता : मेरो आदिम गीत

स्केच गूगलको सापट हो
 
कागज
थियो एकपाना
खाली खाली
जहाँ
जे पनि लेखिन सक्थ्यो
कलम
थियो एक थान
सहि-सलामत
जस्ले
जे पनि लेख्न सक्थ्यो
तर
थिएन लेख्ने कोहि
पर पर सम्म
अत:
अनेक मध्ये
पृथ्वीको एक कुनामा
एउटा कविता
नकोरिएरै रचिएको छ
प्रकृतिकै खुल्ला पन्नामा
एउटा गीत
नलेखिएरै गाइएको छ
प्रकृतिकै अनमोल छटामा

त्यहि गीत
बनेको छ आज
मेरो आदिम गीत ।
         ***
३० जून २०११
साउथ किहे, हवाई

1 comment:

Yumesh Pulami said...

निकै मन खिच्यो .... दीपक दाइ ..
हो साच्चै ...
"पृथ्वीको एक कुनामा
एउटा कविता
नकोरिएरै रचिएको छ
प्रकृतिकै खुल्ला पन्नामा
एउटा गीत
नलेखिएरै गाइएको छ"