Wednesday, July 20, 2011

गजल : मानो चामल बोकेर आए

कोहि मिती र समय तोकेर आए ।
कोहि अचानक तर खोकेर आए ।

जो ठान्थे निषेध छ तिन्लाई प्रवेश,
बिरालोको चालमा श्वास रोकेर आए ।

सानो खुसीमै आँखा तर्दै हिंड्नेहरु,
बिजोग हेर्न चैं जिब्रो टोकेर आए ।

तमाशा चल्छ मानौं केहि दिनसम्म,
कोहि त दैलोमै ताल्चा ठोकेर आए ।

भोकै बाँच्थ्यो त्यो मर्यो भोकले नै जब,
छिमेकी मानो चामल बोकेर आए ।

3 comments:

Luna said...

भोकै बाँच्थ्यो त्यो मर्यो भोकले नै जब,
छिमेकी मानो चामल बोकेर आए --
सटिक व्यंग्य ---

Bed Nath Pulami said...

दिपक दाइ हरेक शेरका हरेक भावहरु यथार्थ / सत्य लाग्यो !

Chaitanya said...

मर्म र व्यंगले भरपुर गजल |