
गाइने किराहरु
कदाचित्
खडेरीको संकेत गर्दैनन्
तर
मनपराउंछन्
बादल नलागेको आकाश
झरी नपरेको दिन
त्यसैले प्रेम छ मलाई
गाइने किराहरुसंग
म
यौटा सिँगो मान्छे
छरिएर सयौं गाइने किरामा
उड्न चाहन्छु
सानो आकाशमा वरपर
उसैले जस्तै
खेतमा जमेको पानी छुँदै
कि
रमाउन सकुँ
असारे वर्षातको संगीतमा
साउने हिलोको सुगन्धमा
भदौरे घामको चर्को रागमा
र
समाउन सकुँ आफैंलाई
पाटाबारीको
हुप्प उकुशमुकुशमा
रंगीन गाइने किरालाईझैं
बुझुन्जेल
आफ्नै जिन्दगीको चक्र ।
कदाचित्
खडेरीको संकेत गर्दैनन्
तर
मनपराउंछन्
बादल नलागेको आकाश
झरी नपरेको दिन
त्यसैले प्रेम छ मलाई
गाइने किराहरुसंग
म
यौटा सिँगो मान्छे
छरिएर सयौं गाइने किरामा
उड्न चाहन्छु
सानो आकाशमा वरपर
उसैले जस्तै
खेतमा जमेको पानी छुँदै
कि
रमाउन सकुँ
असारे वर्षातको संगीतमा
साउने हिलोको सुगन्धमा
भदौरे घामको चर्को रागमा
र
समाउन सकुँ आफैंलाई
पाटाबारीको
हुप्प उकुशमुकुशमा
रंगीन गाइने किरालाईझैं
बुझुन्जेल
आफ्नै जिन्दगीको चक्र ।
यो कविता पनि निरन्तरताको नाम भयो ब्लगलाई । एकदिन त्यसै गाइने किरा उड्यो मनमा र उडायो मलाई गाउँको खेतबारी सम्म । र गाइने किरालाई सम्बोधन गरेर केहि लेख्ने निश्चय भएर लेखें यो कविता ।
2 comments:
बडो सोचमय छ कविता | धेरै सुन्दर दृश्यहरु, सपना र कल्पनाले भरिएको छ |
यो पोस्ट त बबाल भो ...दिपक दाइ !
पढ्दा वेग्लै मज्जा लाग्यो ......
अनि मैले नि ... पहिलो हरफहरु नै दोहोर्याए ...
"जाई फुलेन जीवनमा
चुवा फुलेर हेला भो
माया फक्रेन जीवनमा
बैंश फक्रेर खेला भो
त्यसैले,
गंभीरता छाएन जीवनमा
सर्वथा रेला रेला भो । "
Post a Comment