Wednesday, December 15, 2010

गजल : खर परालको महिमा

केहि अघि लेखेको यो गजललाई उसबेलै हो सायद यौटा सेर फेसबुकमा बाँढेर अलपत्रै छाडेको रहेछु । आज फर्किएर हेर्दा माया लागेर यता ब्लगमा चारो हाल्दै नयाँ लेख्न नसक्नुको झारो टारेको छु ।


गाउछ किन जिन्दगीले भात दालको महिमा
अझ त्यसकै अभावले ल्याउने कालको महिमा

जवान वृद्ध या बालखै होस् उमेरको मजा ,
चीना खोली गाउनु किन महिना सालको महिमा

सबले देख्छन सुकिलो मैलो, पानीमा चोबलिँदा,
किन हो गाउनै पर्ने आफ्नो आहालको महिमा

यहिँ यो चम्किलो दिन यहिँ नै ग्रहण पनि,
किन छोड्थे भाग्यवादी , गर्छन् कपालको महिमा

नाममै आगो बोकेको छस् जलाउनु केहि भने,
गा' है दीपक तँ सुकेको खर परालको महिमा

2 comments:

सूर्य/सिकारु said...

वाह ! कति मिठो गजल जडित जी, भावमा त म निशब्द नै भए । फेरी-फेरी पनि सुनिरहन पाउ ।

बेदनाथ पुलामी ( उमेश ) said...

"नाममै आगो बोकेको छस् जलाउनु केहि छ भने,
गा' है दीपक तँ सुकेको खर परालको महिमा !!"
निकै राम्रो लाग्यो -यो गजल पनि दिपक दाइ !
साथै दिपक दाइ लाइ नव बर्ष २०११ को हार्दिक मंगलमय शुभ कामना छ !