Wednesday, September 30, 2009

गजल : मैले आफ्नो घाँटी राखेँ

म भित्रै छ सुख पनि अठोट मनमा खाँटी राखेँ ।
दुखे पनि सञ्चै नै छु भन्दै आफुलाई ढाँटी राखेँ ।

सहनु त छँदैछ यो दुखाई चर्कंदो छातीभित्र,
बानी पारेर राख्न बरु मुटुमा किलाकाँटी राखेँ ।

अप्राप्य ति ईच्छाहरु अनेक अनेक आजसम्म,
सहजै पुर्ति गर्छु भनेर मनमनै आँटी राखेँ ।

सम्बन्ध धारि(ई)यो झन्झनै खुकुरीको स्वरुपमा ,
थामिन् उनले बिँड हातमा मैले आफ्नो घाँटी राखेँ ।

'खबर्दार ! ए दिपक तैंले दोष उन्को मात्रै देख्लास्' ,
केलाइकुलाई आफैंलाई आफैंले नै झाँटी राखेँ ।


निक्कै अघि यस गजलको चौथो शेर फेसबूकमा राखेको थिएँ । त्यतिबेला यो गजल पुरा थिएन तर त्यसको लगत्तै पुरा गरेर त्यसै छोडेको थिएँ । अस्ति भर्खरै फेला पारेर गजल ग्रुपमा राखें तर ब्लगमा भने त्योबेला अर्को गजल नै भएकोले राख्न मन भएन अत आज राखेको हुँ ।

2 comments:

Basanta said...

राम्रो लाग्यो! र सबैभन्दा राम्रोचाहिँ फेसबुकमा राखिएको त्यहि शेर लाग्यो;

सम्बन्ध धारि(ई)यो झन्झनै खुकुरीको स्वरुपमा ,
थामिन् उनले बिँड हातमा मैले आफ्नो घाँटी राखेँ ।

Jotare Dhaiba said...

दसैंको मातले लट्ठिएर बल्ल यतिखेर फुर्सद मिलेर ब्लग चहारिदैछ । ;)
निकै मार्मिक लाग्यो गजल । सबै सेरमा भने तेज पाइनँ । चौथो सेरमा आजको प्रेमी मुटुको पापी माया ओकलिएको पाएँ ।