Saturday, May 23, 2009

जन्मदिनको शुभकामना म आफैंलाई ।

'खै म कहाँ बेपत्ता छु , कता बेखबर छु आफैंलाई थाहा छैन ।'

'यो नचाहिंने कुरा गर्न नि अलि सुहाएन । आफु कता छु भन्ने आफैंलाई थाहा हुँदैन र ?' यस्तै लाग्ला तपाईंलाई मैले त्यसो भन्दा तर मैले ब्लगर मलाई बेपत्ता नै पार्न लागिसकेको छु । गीत , कविता , गजल कथा ईत्यादी लेख्ने मलाई कता हो कताको दुर्गम अनाकण्टार(यो भनेको चैं स्थान विषेशको दुर्गम हैन जाँगर हरा'को अनाकण्टार है)मा लगेर छोडेको छु ।

किन हो ?

थाहा छैन ।

दैनिक कम्प्युटरको अगाडी नै हुन्छु तर म हुँदो रहेछु ; लेख्ने म चैं नहुँदो रहेछु ।

कारण पनि केहि छैन म हराउनुको ; बिना कारण हराईरहेको छु ।

केहि सोच्न नसके जस्तो , लेख्न नआए जस्तो भै रहेछ ।

यतिखेर यो शब्दहरु लेख्न पनि सकस भै रहेछ ।

आज मे महिनाको २३ तारिख मेरो जन्मदिन - जन्म दिनको शुभकामना म आफैंलाई ।

फेसबूकमा , फोनमा , जीमेलमा , याहुमेलमा , हटमेलमा सबैतिर मलाई शुभकामना भन्नुहुने साथीभाई ईष्टमित्र , आफन्त सबैलाई हार्दिक धन्यवाद !
(कतिपय ठाउँमा मैले धन्यवाद भन्न सकिनँ भने पनि यसैले त्यसलाई पुरा गरोस् ।)

ब्लगमा टाँस्न अलि गतिलो कुरा नै केहि फेला परेको छैन - यौटा टुक्रा गीत सम्म लेखेको छैन - अरु थोक लेख्ने त कुरै नगरुँ ।

आफ्नो ब्लगमा केहि नलेखे पनि छरछिमेकमा चिहाउने भने गरिरहेको छु । त्यो क्रममा पनि कमी आएको होला तर बन्द भएको छैन ।

प्रतिक्रिया लेख्ने जाँगर कतै आएको छ , कतै त्यो जाँगर धरी मरेको छ त कतै लेखेर पोष्ट गर्न खोज्दा पोष्ट नै नभएको पनि छ ।

सम्पुर्ण ब्लगर मित्रहरु सँगको सामिप्यतामा दुरी बढ्दै गै रहेको प्रति स्वयँ दुखी छु र पनि 'आ'म सरी' भन्दा नक्कल पारेको जस्तो देखिएला भन्ने लागेको छ ।

आज कमसे कम फेसबूकमा पनि दुई शब्द कोर्ने विचार गरेको छु ।

यहाँ चैं धेरै केहि भन्नै सकिनँ यो भन्दा - सोचाईहरु हुल बाँधिएर लाम/क्रम मिलेर चरिरहेका हरिणको बथानलाई सिँहले झम्टेर छिन्नभिन्न बनाएझैंको अवस्था छ ।

छिट्टै साबिक अनुशार भएर आउने प्रयासमा छु ।

16 comments:

Unknown said...

दीपक जी जन्मदिन को धेरै धेरै शुभकामना। साथै लेखन यात्रा निरन्तर रहोस ।

Dilip Acharya said...

धेरै दिन देखी तपाईको ब्लगमा चिहाउँदै फर्कदैं गरी रहेथें । कमसेकम जन्म दिनको उपलक्षमा नै भए पन ब्लगमा त झुल्कीनु भयो।

खुशी लाग्यो । निरन्तरता र जन्मदिनको पून शुभकामना !!

wordflows said...

happy birthday Dipak ji

डीआर न्यौपाने'सूर्य' said...

मेरो पनि जन्म दिनको शुभकामना तपाइलाई । जडित जी तपाइको र मेरो ब्यथा एउटै भएजस्तो लाग्यो है मलाई त । जाँगर हराएर अल्छिले जरा गाडेको छ मेरोमा पनि। खै कसरि पन्छाउने?

Jotare Dhaiba said...

दीपकजी, पहिले त शुभ कामना नै अर्पण गर्छु । लेख्‍न आएन भन्दाभन्दै पनि धेरै कुरा भन्नुभएको छ यस लेखोटमा । ब्लगिङमा सामान्य कुरा पनि असामान्य भइदिन्छ पढाइको आनन्द र सिकाइको दृष्‍िटले, कम्तीमा मेरा लागि ।
तपाईँ बेखबर रहनुभएको बारे खबर पनि बेस्मारी रहेकै हो बितेका केही समययता । न ब्लग र फेसबुकको भित्ता रङहीन थियो, तपाईँको चालचुल पाउन अरू धागो पनि मेरो पहुँचमा थिएन, सिवाय प्रतीक्षा । आफैँले खोजखबर भने कसोकसो मैले गरिनँ । व्यस्तताको किराले जोडजोडले दु:ख दियो र हराउनुभयो होला भन्ने हनुमानको ठुङ मारेर भसिरहेँ । तर अभिव्यक्तिहीनताको उकुसमुकुसमा पीडित हुनुभएछ । त्यो थाहा पाउँदा नमीठो लाग्यो । अहिले आफ्नो जन्मदिनको सन्दर्भ पारेर स्वर खुलाउनुभयो, सारै खुसी लाग्यो । थाहा छ मलाई- तपाईँको साहित्यिक रचनामा निराशा र पीडाको रन्थनी छुटेपनि तपाईँको जीवन र सोच आशावादी र सकारात्मक छ । यसमा आउँदा पलमा अझै प्रगाढता थपियोस् ।
मङगलम् !

Aakar said...

जन्मदिन को शुभकामना !

आशा गरौँ, चाँडै केही खुराक मिल्ने छ !

कृष्णपक्ष said...

यी र यस्तै प्रसंगहरु पनि ब्लगका रमाइला सामाग्री बन्दो रहेछ भन्ने कुराको सुन्दर उदाहरण हो यो, अन साविक को झैन आउनु होला र सामाग्रीहरु निरंतर पस्कनु होला बन्ने कामना सहित यहाँ पनि जन्म दिनको फेरी नि शुभकामना ! दीपकजी लाइ

Unknown said...

जन्म दिनको हार्दिक मंगलमय शुभकामना - तपाईंलाई ।

Kumar said...

Deepak Jee,

Wish you a very happy birthday; "birthmonth" to be precise :-)

--Kumar

Anonymous said...

दाजुको जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ...

हजुरको ब्लगमा साहित्यिक रचना हरु निरन्तर पढ्न पाउँ...

कैलाश said...

firs of all, Happy birthday to you deepak ji.

ani yo lekhne kura chahi mero ni tyastai vairakheko chha. agami dinma ajha ramra ramra khurak liyera aaunu hola.. yehi kamana chha mero.

NKM said...

Happy Birth Day!

Unknown said...

धेरै धेरै हर्दिक धन्यवाद मलाई जन्मदिनको शुभकामना दिँदै यो टाँसोमा प्रतिक्रिया लेख्नुहुने सम्पुर्ण मित्रजनहरुमा ।

Luna said...

तिम्रा गजल कबिता शब्दहरु
जसै जसै म ति शबदहरुका ब रि प रि हुन्थे
थोरै आफूले आँफैलाई भुल्थे
जती बेला आफूले आँफैलाई भुल्थे
त्यती बेला म भित्र को म लाई देख्थे
त्यो म भित्र को म लहरिदै तरङिदै
तिम्रा शब्दहरुलाई अगाली रहेको हुन्थियो
कहिले रुदै --
कहिले हाँस्दै --
केही दिन यता
खडेरी परेको महशुस नभएको होइन
शब्द तिर्खा
छट्पटाहट
यो कस्तो त्रिस्णा !
घ ट् घ ट् पिएर पनि नपिए जस्तो
नपिएर पनि पिए जस्तो
तिम्रा शब्द देखी तिर्खाएको मन भन्छ
' बर्सिउन तिम्रा शब्दहरु
पौडिन सकू
अन्कुराउन तिम्रा शब्दहरु
दुई थोपा सिन्चित गर्न सकू
फूलून तिम्रा शब्दहरु
म भित्र को म लाई सजाउन सकू
-----------------------------
तिमी भित्र को शब्द फलोस फूलोस !
मेरो शुभ कामना तिमीलाई ।

Yumesh Pulami said...

जन्म दिनको शुभकामना छ !

बिमल गिरी said...

दीपक जी,
सर्बप्रथमत ढिला भएपनी जन्म दिनको
हार्दिक मंगलमय शुभकामना। यहाँको
जिन्दगी उल्लासमय होस्। अशान्ती र अशुभ कैले नहोस्।
जोस र जागरले सदैब परिपूर्ण होस्। पुन शुभ कामना।