Friday, March 21, 2008

होलीको शुभकामना ।

फागुन हेर सखी संगी खेल्छन मिली होली
पिचकारीमा बसन्तको रंग घोली घोली
नाच्दै गाउंदै वर्षाउंदै प्रेम रंग लोला
उमंग भर्यो फागुनले सबै मनको झोला


' आज होली हो नि ? ' एकाबिहानै लोकनाथ दाईले भन्नु भो ।
' ए हो र ! खेल्ने हो त होली ? ' मैले सोधें ।
' कहाँ खेल्नु , नखेल्ने ।' दाईले जवाफ दिनुभयो । दाईले ल खेल्ने हो भन्नु भए पनि कसरी खेल्नु र ? न होली खेल्ने रंग छ न समय नै । हवाईको माउई टापुमा नेपाली भनेकै जम्मा हामी ३ जना थियौ अहिले अर्को एकजना दाईको श्रीमती र छोरा आएर ५ जना भएका छौं सबै आ आफ्नै काममा मस्त । होलीका समाचारहरु हेरेर अनि दाईले बिहानै होली हो नि भनेर होला पहिले पहिले होली खेलका दिनहरु याद आयो । हामी होलीलाई फागु खेल्ने भन्थ्यौं । सानोमा हामी किम्बु भन्ने एकप्रकारको रुखको पाकेको फल निचरेर होली खेल्ने रंग बनाउंथ्यौं । ठुलो भएपछि होलीमा भाँङ्गको लड्डु खाएर मात्थ्यौं । नेपालमा छँदा होली रमाईलै हुन्थ्यो । अब त ति रमाईला पलहरु केवल सम्झनामै मात्रै सिमित भएछन । हुनपनि ६ वर्ष भै सकेछ होली नखेलेको । होलीको बेला फेरी कुनै साल नेपालमा भईएछ भने खेल्नु पर्ला ।


अहिले होली खेल्न नपाए पनि तपाईंलाई होलीको शुभकामना है । (माथीका दुबै तस्विरहरु वेभदुनिया डट कमबाट लिएको हुँ ।)

1 comment:

Anonymous said...

Hello. This post is likeable, and your blog is very interesting, congratulations :-). I will add in my blogroll =). If possible gives a last there on my blog, it is about the Wireless, I hope you enjoy. The address is http://wireless-brasil.blogspot.com. A hug.