Monday, March 31, 2008

गीत : आधी आधी

भाग लायौ किन तिमिले माया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।

भित्रभित्रै दुख्दा मुटु घाउ चर्किएर
परपरै किन गयौ तिमी तर्किएर
भेटियो कि प्रेम दाँयावाँया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।

च्यातिदिएं केहि सपना तिम्रो साथ दिन
आफ्नाहरु छाडीदिएं तिम्लाई हात दिन
रेटियो कि पाएं आफ्नै काया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।

No comments: