एक तमास त्यही गल्लीबिच
खाली पैताला र नांगो आङ्ग लिई
रंगिएर भोलीको स्वपनिल रंगहरुमा
लखर लखर हिंडीरहेथें म
यस्तो उजाड
यति फिक्का
यति निरस
यस्तो बेस्वाद
कहाँ थियो र मेरो भोलीको रंग
गल्लीमा थुप्रिएको फोहोर थिएन
व्यवस्थित सहर
फराकिलो सडक
प्रयाप्त हरियाली
मेरो भोली नांगो आङ्गहरुको
र खाली पैतालाहरुको स्वर्ग थियो
संगै कोही ठाँटीएर सफा पहिरनमा
रंगदेखि भाग्दैथिए
कोही तिन्को पहिरनमा रंग छ्याप्दैथिए
कोही भाग्ने
कोही लखेट्ने
हुलहरु माझ
म आफ्नै रंगहरुमा
भोली भेट्न हिंड्दैथिएं
छ्याप्नेहरुको रंगले भिजेको
मलाई देखेर एकहुल मान्छेहरु हाँसे
निलो रातो हरियो पंहेलो
मेरो अनुहारमा
रंगभित्रको भोलीको रंग
तिनले देखेनन सायद
तिनिहरु एकतमास हाँसीरहे
त्यो होलीको दिन थियो ।
2 comments:
कविता राम्रो छ । आफैँमा राम्रो कविता को खै के भनिरहनु पर्ला र ?
It's too nice poim ...thanks
Post a Comment