Saturday, March 01, 2008

गजल : जल्नु कति

आफ्नै मनको तापमा जल्नु कति
यो जलनको रापमा बल्नु कति
झोसिरहयौ आगो त्यो संधै संधै
सल्किएर जिन्दगी यो चल्नु कति
छेउ लागी रोईरहें घाउ छोई
ओखति झन घाउमा दल्नु कति
शिर तिनको संधै नै उंचो देख्छु
आफु भने भुँईमा नै ढल्नु कति
झरिराछु मक्किएर हेर म त
अझै धेरै यो भन्दा नि गल्नु कति
श्राप यो हाँसेर वरदान ठानि
आफुलाई यहाँ भन्दा छल्नु कति ।

3 comments:

Basanta said...

Nice one!

Anonymous said...

गजल को जति बखान गरे पनि नसकिने रहेछ,अर्को कुरो तपाइलाई पहिले-पहिले रेडियोमा पनि सुनेको जस्तो लाग्यो है !

Unknown said...

नियमित जस्तै मेरो ब्लगमा पसेर कमेण्ट गरिदिनुहुने आकार जी र वसन्त जी प्रति आभारी छु । म रेडियोसंग सम्बद्ध त छैन तर पनि हुन सक्छ रेडियोमा मेरा गीत गजलहरु सुन्नुभयो होला ।