Wednesday, May 02, 2007

क्रान्ती गीत : देशको लागी ।

उकालो त अझै साथी चढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

अझै शक्ती छ है साथी हाम्रो पाखुरीमा
पुग्न सक्छौ हामी सगरमाथा टाकुरीमा
पाईला त अघि साथी बढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

अरुमाथी भरोषामा बस्ने बेला गयो
उठौं जागौं साथी मुठ्ठी कस्ने बेला भयो
तानाशाही साङ्लो साथी चुंड्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

नभनेर हिमाल तराई सहर र गाउँ
करोढौं हात एकैचोटी उचालेर जाउँ
मंत्र एकताको साथी पढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

नेपालीकविता डट कममा प्रकाशित ।

1 comment:

Anonymous said...

tapaile bhane jastai मंत्र एकताको साथी पढ्न बाँकी छ अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ । aba nepalma arko युद्ध hhunechha jun युद्ध अन्तिम युद्ध hunechha