Monday, February 13, 2012

गजल : अन्धकार हो कृष्ण


***
सिधा अर्थले अन्धकार हो कृष्ण !
जगतको एकमात्र सार हो कृष्ण !

जो जस्तो बुझ्दछ उसलाई उस्तै,
बुझ्न सकेजति अवतार हो कृष्ण !

चुँडिने गाँसिने जीवात्मामा नित्य,
प्राणको सुविधा सञ्चार हो कृष्ण !

सबै जिन्दगीको रचयिता प्रति,
सदा अभिव्यक्त आभार हो कृष्ण !

कठिनाइ माथि असाध्य बनेका,
जीवनको मोक्षको द्वार हो कृष्ण !
***

4 comments:

Dilip Acharya said...

धेरै पछि आध्यात्मिक रसको गजल पढ्ने मौका मिल्यो ! ।

सरल तर एकदम गहिरो !!!

वाह! वाह!!

Jotare Dhaiba said...

तपाईंको गजल लेखनको ठूलै मोड हो यो गजल । यस पछाडिको कुनै न कुनै कथा त पक्कै होला । आध्यात्मिक नेपाली गजल निकै कम पढेको-सुनेको छु मैले । कृष्णबारेको यो गजलको सांसारिक कथा पनि भनेको पाएँ है मैले चाहिं ।
"जो जस्तो बुझ्दछ उसलाई उस्तै,
बुझ्न सकेजति अवतार हो कृष्ण !"

जससँग जत्रो भाँडा छ, त्यति नै पानी जम्मा गर्न सक्छ ।

Jotare Dhaiba said...

तपाईंको गजल लेखनको ठूलै मोड हो यो । यो गजल लेखनको पछाडि कुनै न कुनै कथा पक्कै होला । आध्यात्मिक गजल निकै विरलै पढेको-सुनेको छु । यो पढाइ एउटा अवसर पनि बन्यो ।

कृष्णबारेको कुराले सांसारिक जीवनको सत्य पनि ओकलेको पाएँ ।
"जो जस्तो बुझ्दछ उसलाई उस्तै,
बुझ्न सकेजति अवतार हो कृष्ण !"

जससँग जत्रो भाँडा छ, त्यति नै पानी अटाउँछ ।

Unknown said...

धन्यवाद! दिलीपजी र धाइबजी ।
उमेरसँगै धेरै अर्थमा आध्यात्म तर्फ डोहोरिन्छ सायद मान्छे । तर मैले भने २०१२ सुरुभएदेखि नै आध्यात्मक हुँदै जाने सोच बनाएकोथिएँ । त्यसैको परिणाम हुन सक्छ यो गजल । धेरै गहिरो कथा त होइन छैन तर ,।