Sunday, February 05, 2012

गजल : मुस्कान ओठमा छर्नु हो जिन्दगानी



कि त फुल्नु कि त झर्नु हो जिन्दगानी ।
या उमेरको नदि तर्नु हो जिन्दगानी ।

के के छौ सोचेको यो जिन्दगीमा गर्न,
धेरै नसोचेकै गर्नु हो जिन्दगानी ।

छोड्छ एकदिन जिन्दगी अघि बढ्न,
तब अतित सुमर्नु हो जिन्दगानी ।

कैले बुझ्ने हुन् रुने र रुवाउनेले,
मुस्कान ओठमा छर्नु हो जिन्दगानी ।

खुसीमा उम्लेर पोखिनेहरुलाई,
सुर्ताले गाला मुसर्नु हो जिन्दगानी ।

होसियार बसुन् दीपक बाल्नेहरु,
हावाको झोँकामा पर्नु हो जिन्दगानी ।

1 comment:

Basanta said...

सुन्दर! मन छुने शेरहरु!यथार्थमै जिन्दगी यस्तै हो, सोचेका धेरै कुरा गरिन्नन्,नसोचेका धेरै गरिन्छन्।