Monday, December 05, 2011

गजल : रात आज पनि पर्छ

तिन्लाई के छ जस्को सदा कौसीमा चाँदनी पर्छ ।
घर नहुने तैयार बस रात आज पनि पर्छ ।

शुभ मुहूर्त पर्नलाई जुर्नुपर्छ घडी लग्न,
विपत्ति यो पर्नु पर्दा कसैलाई नभनि पर्छ ।

बाढी आउँछ पैह्रो जान्छ छानो हूरी संगै उड्छ,
गरीवकै वस्तीमा अझ वर्षेनी आगजनी पर्छ ।

कहाँ छैन के मा छैन आरक्षण राखेको आज,
ढुक्क बस ए गरीव हो त्यहाँ पक्का धनि पर्छ ।

तित्रा जुनि भोग्नु पर्छ 'दीपक' तेरो मुखै वैरी,
नबोलेकै जाती बरु बोल्यो कि दुश्मनी पर्छ ।
***

केहि अघि नै लेखेको यो गजल प्रति म आभारी छु कि यसले आज मेरो ब्लगमा यौटा मिती अंकित गरेको छ । अचेल के लेखिन्छ खै? सधैं केहि न केहि त लेखि नै रहिएको छ भन्ने हुन्छ आफुलाई तर ब्लगको निमित्त भनेर केहि नै तयार हुँदैन रहेछ । ब्लगर भैखाएको यतिका पछि लाग्दैछ ब्लगर हुनुपनि ख्यालख्याल त होइन रहेछ ।

3 comments:

Luna said...

--कहाँ छैन के मा छैन आरक्षण राखेको आज,
ढुक्क बस ए गरीव हो त्यहाँ पक्का धनि पर्छ ।--

यस्तै त भईरा'छ -- जहा पनि उई टाठा बाठा हरुकै भागमा घिउ पोखियाछ -उनिहरु नै चिल्लो, गरिब निमुखा त सुख्खाको सुख्खै ---

Chaitanya said...

तीव्र आवेग बोकेको छ गजलले ! ब्लगर भैखाएका कुरा पनि रमाइला लागे है !

Ektaare said...

आहा..क्या मज्जाको गजल ।