Tuesday, October 25, 2011

गजल : नजलि कोहि दीपक हुँदैन

यहाँ आफ्नै वस्तुमा हक हुँदैन
कहानी त्यत्तिकै रोचक हुँदैन


नसोध्नु कसैले ओजन मलाई,
मेरो पल्लामा कहिल्यै ढक हुँदैन


काटिनु अघि नै बुझ्नु पर्ने थियो,
सबै हतियारमा चमक हुँदैन


अर्ति नै दिनुपरे यहि भन्नेछु ,
अटेरीले सिक्ने कुनै सबक हुँदैन


जा जा जलनमा पछुतो नगर तँ
जल्दै नजलि कोहि 'दीपक' हुँदैन

3 comments:

Ashesh said...

जल्दै नजलि कोहि 'दिपक' हुँदैन.....गज्जवको गजल दिपक सर ।

Chaitanya said...

नजली कोही दीपक हुँदैन |
गजब !

Jhaluck said...

I liked.... awesome gajal !