Tuesday, August 30, 2011

गजल : हँसाई हँसाई लोभ्याएर

......नियमित ब्लग लेख्न ईच्छा हुनैपर्ने रहेछ अर्थोक जेसुकै अनुकुल भएर मात्र पनि नहुँदो रहेछ .......

मोति जयन्तिको अवसर छ । उनै यूवाकवि मोतिराम भट्टको सम्झना र सम्मानमा ब्लगमा एउटा गजल चढाएको छु । मोतिले नेपाली माटोमा छरेको नेपाली गजल साँच्चिकै मोतिझैं चम्किएर नेपाली गजलाकाश उज्यालो पारोस् । कामना गर्छु ....!
 
नभन्नु मलाई लुट्यो कसैले नजिकै आई लोभ्याएर ।
लुट्नेले थाहै नदिई लुट्छन् हँसाई हँसाई लोभ्याएर ।

अचेल कतिले आँसुलाई आँखैमा हतियार बनाउँछन्,
रेट्लान चलाखिले होस गर्नु मोति छल्काई लोभ्याएर ।

जित्नकै लागि कुदिरहेछौ तिमी कतिञ्जेल कुद्न सक्छौ,
जित्ने कोहि छ तिमीलाई पनि खेलाई खेलाई लोभ्याएर ।

धर्ती भिजाउने कामना लिई फेरि पुकार्दा वर्षातलाई,
आकाश तिम्रो छेक्न सक्छन् बादल देखाई लोभ्याएर ।

2 comments:

bhim ghimire said...

धर्ती भिजाउने कामना लिई फेरि पुकार्दा वर्षातलाई,
आकाश तिम्रो छेक्न सक्छन् बादल देखाई लोभ्याएर ।

अन्तिमका यी दुइ हरफ मन पर्‍यो । लेखिरहेकै राम्रो ।

प्रकाश समीर said...

"जित्नकै लागि कुदिरहेछौ तिमी कतिञ्जेलकुद्नसक्छौ,
जित्ने कोहि छ तिमीलाई पनि खेलाई खेलालोभ्याएर"

मोती जयन्तीको अबसर पारेर रच्नु भएको यो रचना राम्रो लाग्यो दिपक जी । मेरो पनि हार्दिक श्रद्धान्जली ती युबा कवी मोतिराम भट्ट प्रति !